मेरो माइक्रोफाइनान्सको साधारण सेयर लिलाममा, कहाँबाट दिने आबेदन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 17, 2019 | 09:11:28 AM मा प्रकाशित

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड Mero Microfinance Bittiya Sanstha Limited ले हकप्रदमा अवितरित २ लाख ९ हजार ६४९ कित्ता सेयर लिलाम बढाबढ गरि बिक्रि गर्ने भएको छ। 

माइक्रोफाइनान्सको जारि सूचनाअनुसार यहि जेठ ७ देखि १४ गतेसम्मलाई २ लाख ९ हजार ६४९ कित्ता साधारण सेयर लिलाममा राखिएको छ। कम्पनीको बिक्रि प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।  

इच्छुक बोलकबोल दाताले यहि जेठ १४ गते बैंकिंग समयभित्र आफुले खरिद गर्न चाहेको शेयर संख्या, प्रतिकित्ता रकम उल्लेख गरि शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। यसरी आवेदन दिंदा न्युनतम १०० कित्ताको लागि प्रति कित्ता १०० रुपैयाँ भन्दा कम नहुने गरी बोलपत्र पेश गर्नु पर्नेछ । सबै भन्दा धेरै मूल्य कबुल गर्नेलाई शेयर वितरण हुनेछ।    

बोलकबोल दाताले शेयर खरिदको लागि आवश्यक रकम ग्लोबल आइएमई क्यापिटलको नाममा ग्लोबल आइएमई बैंक, कमलादी शाखामा रहेको खाता नम्बर ०१०१०१०००७६२७ मा अथवा दर्बारमार्गमा शाखा रहेको कुमारी बैंकको खाता नम्बर ००१००११७१४६००००१९ जम्मा गरि लिलाममा सहभागी हुन सक्नेछन। साथै बोलकबोल दाताले गुड फोर पेमेन्ट मार्फत समेत बोलपत्र पेश गर्न सक्नेछन। 

इच्छुक बोलकबोल दाताले बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालय राष्ट्रिय नाचघर जमल काठमाण्डौ, ग्लोबल आइएमई बैकका तोकिएका शाखा कार्यालय जस्तै बिर्तामोड, जनकपुर, बिराटनगर, हेटौडा, नारायणगढ, पोखरा, बुटवल, बिरगंज, बांग्लुंग, दाङ, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखाबाट समेत आबेदन दिन सक्नेछन। 

माइक्रोफाइनान्सले शतप्रतिशतका दरले ३२ लाख ८९ हजार कित्ता हकप्रद बिक्रि गरेको थियो। जसमध्ये २५ हजार १७२ योग्य आवेदकलाई ३० लाख ७९ हजार ३५१ कित्ता बितरण भएको थियो। 


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved