एशियन लाइफले असार १ देखि २ लाख कित्ता बढी शेयर लिलाम गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 13, 2019 | 06:10:18 AM मा प्रकाशित

laxmi  sunrise bank

एशियन लाइफ इन्स्योरेन्स Asian Life Insurance Company Limited ले असार १ गतेदेखि २ लाख कित्ता बढी शेयर लिलाम गर्ने भएको छ । कम्पनीले हकप्रद निष्काशन गर्दा बिक्रि नभएको २ लाख २१ हजार ३ सय ५९ दशमलव ७३ कित्ता शेयर लिलाम गर्ने भएको हो ।जस मध्ये सर्बसाधारणतर्फको २ लाख १८ हजार ९ सय ३९  दशमलव ०३ कित्ता रहेको छ भने संस्थापक समुहको २४ सय २० दशमलव ७० कित्ता शेयर रहेको छ  ।

कम्पनीले चैत्र २५ गतेदेखि बैशाख २९ गतेसम्म  १:०.६ को अनुपातमा ६० प्रतिशत हकप्रद बिक्रि खुला गरेको थियो । कम्पनीले ७५ लाख ४० हजार ३ सय ५२ दशमलव ७३ कित्ता हकप्रद शेयर निष्कासन गरेकोमा  केवल १४ हजार ७ सय ८३ आवेदकले ७३ लाख १८ हजार ९ सय ९३ कित्ताको लागि मात्र आवेदन परेको बिक्रि प्रबन्धक एनआइबिएल एस क्यापिटलले जनाएको छ । बाँकि शेयर कम्पनीले लिलाम बढाबढ मार्फत बिक्रि हुने भएको हो । 

लिलाममा असार ८ गतेसम्म आव्वेदन दिन सकिने छ  । आवेदन दिनको लागि एनआइबिएल एस क्यापिटलको कार्यालयहरु, इनभेस्टमेन्ट बैंकका नारायणगढ, हेटौडा, बिर्तामोड, जनकपुर, तुलसीपुर दाङ, शुर्खेत नेपाल गंज र धनगढी शाखाबाट आवेदन दिन सकिने छ  । ग्रिन डेभलपमेन्ट बैंकको बाग्लुङ शाखाबाट आवेदन दिन सकिने क्यापिटलले जनाएको छ  ।

आवेदन दिंदा सर्वसाधारणतर्फ न्युनतम सय कित्ता र संस्थापक तर्फ अधिकतम हजार कित्ताको लागि आवेदन दिनु पर्ने छ  । 

 हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब २५ करोड रहेकोमा हकप्रदपछि कम्पनीको चुक्ता पुंजी २ अर्ब नाघ्ने छ।  



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved