सुर्या लाइफको हकप्रद भर्नुभयो ? यस्तो छ कम्पनीले सेयरधनीलाई जारि गरेको सूचना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 15, 2019 | 08:04:37 AM मा प्रकाशित

laxmi  sunrise bank

सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड Surya Life Insurance Company Limited ले भदौ ८ देखि हकप्रद बिक्रि गरिरहेको छ। सूर्या लाइफले १० बराबर ७ कित्ता अर्थात ७० प्रतिशतका दरले असोज १२ सम्मको लागि हकप्रद बिक्रि खुला गरेको हो। 

कम्पनीले ७० प्रतिशतको दरले हुन आउने ८८ लाख ७४ हजार ०९६ कित्ता हकप्रद सेयर निष्काशन गरेको हो। हकप्रद सेयरका लागि कम्पनीले साउन २९ गतेलाई बुक क्लोज गरेकाले साउन २८ सम्म कायम सेयरधनीहरुले मात्र हकप्रद भर्न पाउनेछन। कम्पनीले शेयर निष्काशनको लागि एनआईसी एसिया क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ।   

कम्पनीले इक्रा नेपालबाट 'केयर एनपी आइपीओ ग्रेड ४' रेटिंङ पाएको छ। हकप्रद बिक्रि तथा बितरण पश्चात कम्पनीको चुक्तापुंजी २ अर्ब १५ करोड पुग्नेछ। हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब २६ करोड छ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved