समता लघुवित्तको हकप्रद भर्नुभयो ? यस्तो छ कम्पनीको सूचना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 01, 2019 | 08:53:22 AM मा प्रकाशित

laxmi  sunrise bank

समता माइक्रोफाइनान्स Samata Microfinance Bittiya Sanstha Limited  ले असोज २७ गतेदेखि हकप्रद निष्काशन गरिरहेको छ ।  कम्पनीले १:२ को अनुपातमा २ सय प्रतिशत हकप्रद निष्काशन गरेको हो ।  कम्पनीले १२ करोड १३ लाख रुपैयाँ बराबरको १२ लाख १३ हजार ४ सय ४० कित्ता हकप्रद शेयर निष्काशन गरेको हो  । 

लगानीकर्ताले मंगसिर १ गतेसम्म हकप्रद भर्न सक्ने छन्। कम्पनीले २६ गतेदेखि हकप्रद निष्काशन गर्ने जनाएकोमा त्यस दिन सार्वजनिक विदा परेकोले एक दिन ढिलो गरि हकप्रद बिक्रि सुरु गरेको  हो । 

शेयर निष्काशनको लागि एनआइबिएल एस बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले हकप्रद निष्काशनको लागि असोज १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यस हिसाबमा आज भदौ ३१ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्ने भएका हुन्।  हकप्रदपछि कम्पनीको चुक्ता पुंजी १८ करोड २० लाख रुपैयाँ पुग्नेछ ।  




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved