अरुण भ्याली हाइड्रोपावर Arun Valley Hydropower
Development Company ले ४ लाख कित्ता बढी शेयर लिलाम गर्ने भएको छ । कम्पनीले
हकप्रद निष्काशन गर्दा बिक्रि नभएको सर्वसाधारण समुहको ४ लाख ३५ हजार ८ सय ४९
कित्ता शेयर लिलाम गर्ने भएको हो ।
कम्पनीले यी शेयर असार ९
गतेदेखि १६ गतेसम्म लिलाम गर्ने भएको हो । शेयर लिलामीको लागि मुक्तिनाथ क्यापिटल
बिक्रि प्रबन्धक रहेको छ । लिलामीको शेयरमा मुक्तिनाथ क्यापिटलको कार्यालय, मुक्तिनाथ विकास बैंकका
तोकिएका शाखा कार्यालय, र
अरुण भ्याली हाइड्रोको कार्यालयबाट आवेदन दिन सकिने छ ।
आवेदन दिंदा न्युनतम १००
कित्ता र अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ । यी शेयरको न्युनतम मूल्य
१०० तोकिएकोले सो भन्दा बढी रकम कबुल गरेर आवेदन दिनु पर्ने छ । सबै भन्दा बढी रकम कबुल
गर्नेले शेयर पाउने छन् । सबैभन्दा बढी रकम कबुल गर्नेले शेयर पाएपछि पनि शेयर बाँकि रहेको
खण्डमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छन् । शेयर नसकिंदासम्म यहि
प्रक्रियाबाट शेयर बाँडफाँड हुने छ ।
कम्पनीले वैशाख ६ गतेदेखि
जेठ २ गतेसम्म १:०५ को अनुपातमा ५० प्रतिशतले हुन आउने ५२ करोड ४१ लाख १९ हजार ७
सय रुपैयाँ बराबरको ५२ लाख ४१ हजार १ सय ९७ कित्ता हकप्रद शेयर निष्काशन गरेको
थियो।
कम्पनीले १:१ को अनुपातमा
शतप्रतिशत हकप्रद निष्काशन प्रस्ताव गरेपनि विद्युत नियम आयोगले कम्पनीलाई २ चरणमा
हकप्रद निष्काशन गर्ने अनुमति प्रदान गरेको थियो । हालको ५० प्रतिशत हकप्रद
निष्काशनपछि कम्पनीले फेरी दोस्रो चरणको हकप्रद निष्काशन गर्ने जनाएको छ ।
कम्पनीले आफुले निर्माण गर्न लागेको २ वटा आयोजनाको लागि रकम जुटाउन हकप्रद निष्काशन गर्न लागेको हो । हकप्रद शेयर मार्फत उपलब्ध भएको रकमलाई कम्पनीले काबेली बी १ जलविद्युत आयोजना र अपर काबेली २ जलविद्युत आयोजना गरी कुल २३.५ मेगावाट आयोजनाको निर्माण कार्यमा उपयोग गर्ने जनाएको छ ।