एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद भर्नुभयो ? हेर्नुस् कम्पनीको सूचना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 26, 2021 | 08:54:23 AM मा प्रकाशित

laxmi  sunrise bank

एक्सेल डेभलपमेन्ट बैंक Excel Development Bank Limited  ले असोज २५ गतेदेखि हकप्रद बिक्रि गरिरहेको छ । कम्पनीले  १०:३ को अनुपातमा ३० प्रतिशतले हुन आउने २४ करोड ३३ लाख ३६ हजार ३ सय ६७ दशमलव ४२ रुपैयाँ बराबरको २४ लाख ३३ हजार ३ सय ६३ दशमलव ६७ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।  

कम्पनीको हकप्रदमा कार्तिक १४ गतेसम्म आवेदन दिन सकिने छ। कम्पनीले हकप्रद निष्काशनको लागि असोज १ गते शुक्रबार एक दिन बुक क्लोज गर्ने निर्णय गरेकोले भदौ ३१ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न पाउने छन् ।  

नेपाल धितोपत्र बोर्डले साउन ३१ मा कम्पनीलाई हकप्रद निष्काशनको लागि स्वीकृति प्रदान गरेको हो  । बैंकले हकप्रद निष्काशनको लागि एनआईबिएल एस क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ ।  कम्पनीले जेठ २७ गते हकप्रद शेयर निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो ।  

हेर्नुस कम्पनीको सूचना : 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved