कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रद भर्नुभयो ? यस्तो छ सेयरधनीलाई बैंकको सूचना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 06, 2022 | 08:50:50 AM मा प्रकाशित

laxmi  sunrise bank

कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद सेयर बिक्रि गरिरहेको छ। कर्पोरेटले यहि माघ ७ गतेदेखि १०० कित्ता बराबर डेढ सय कित्ताका दरले हकप्रद सेयर बिक्रि गरिरहेको हो। 

कर्पोरेटले हकप्रद सेयर प्रयोजनार्थ पुष २६ गते बुक क्लोज गरेकाले पुष २५ सम्म कायम सेयरधनिहरुले माघ २७ गतेसम्म हकप्रदको लागि आबेदन दिन पाउनेछन। 

कर्पोरेटले १ कित्ता बराबर डेड कित्ताका दरले ३० लाख कित्ता सेयर हकप्रद मार्फत बिक्रि गर्न लागेको हो। सय कित्ता हुनेले डेढ सय कित्ताको लागि प्रति कित्ता एक सय रुपैयाँका दरले आबेदन दिन पाउनेछन। 

कर्पोरेटले हकप्रद सेयर निष्काशनको लागि सिभिल क्यापिटललाई बिक्रि प्रबन्धकको रुपमा चयन गरेको छ। त्यसैले पुष २५ सम्म कायम योग्य लगानीकर्ताले सिभिल क्यापिटल मार्केट लिमिटेड, सुन्धारा, काठमाडौं र सिभिल बैंकका तोकिएका शाखा कार्यलयहरु जस्तो विराटनगर, बिरगंज, सुर्खेत, पोखरा, नेपालगंज, धनगडी र कर्पोरेट डेभलपमेन्ट बैंकको रजिष्टर्ड कार्यलय र तोकिएका कार्यलय मार्फत दरखास्त फारम प्राप्त गरि फारम भरेर फारम र नगद वा चेक बुझाउन सक्नेछन।

त्यस्तै मेरोशेयर अनलाइन तथा सी आश्वा सदस्य बैंकतथा वित्तीय संस्थाबाट समेत हकप्रदमा आवेदन दिन सकिने छ ।   

नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको तीन वर्षपछि कर्पोरेट डेभलपमेन्ट बैंकलाई २०७४ माघ १८ गते समस्याग्रस्त संस्थाबाट मुक्त गरेको थियो। समस्याग्रस्तबाट फुकुवा भएपछि बैंकले राष्ट्र बैंकले तोके बमोजिम पुँजी पुर्याउन हकप्रद निष्काशन गर्न लागेको हो । 

अहिले कर्पोरेट डेभलपमेन्ट बैंकको चुक्तापुंजी २० करोड रहेको छ। डेढ सय प्रतिशतका दरले हकप्रद बिक्रि तथा वितरण पश्चात कर्पोरेटको चुक्तापुंजी ५० करोड पुग्नेछ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved