
 2mb (1).gif)
समृद्धि फाइनान्स Samriddhi Finance Company ले बिक्रि खुला गरेको हकप्रदमा आबेदन दिने आज अन्तिम दिन हो। यहि फागुन ८ गतेदेखि हकप्रद बिक्रि खुला गरेको फाइनान्सको हकप्रदमा आबेदन दिने आज अन्तिम दिन हो।
कम्पनीले २७ करोड २९ लाख ७० हजार ५ सय रुपैयाँ बराबरको २७ लाख २९ हजार ७ सय ५ कित्ता हकप्रद निष्काशन गरेको छ। फाईनान्सले हकप्रद निष्काशनको लागि पुस ११ बुक क्लोज गर्ने निर्णय गरेकोले पुस ८ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद पाउन सक्ने छन् ।
फाइनान्सले २:१ को अनुपातमा अर्थात दुई कित्ता हुनेले एक कित्ताको लागि आबेदन दिन पाउनेछन। फाइनान्सले निष्काशन गरेको हकप्रद सेयरका लागि तोकिएको समयसम्म कायम सेयरधनीले प्रति कित्ता एक सय रुपैयाँका दरले आबेदन दिन पाउनेछन।
कम्पनीले साउन १५ गते नेपाल धितोपत्र बोर्डमा हकप्रद निष्काशनको अनुमति माग गर्दै आवेदन दिएकोमा बोर्डले मङ्सिर २९ गते अनुमति प्रदान गरेको हो ।हकप्रदमा माघ २९ गतेसम्म आवेदन दिन सकिने छ।
हकप्रद निष्काशनको लागि बिओके क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।
वल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई नेपाल राष्ट्र बैंकले समस्याग्रस्त मुक्त घोषणा गरेपछि नयाँ समूहले लिएर फाइनान्सको नाम तथा लोगो परिवर्तन गरी समृद्धि फाइनान्सका नामबाट वित्तीय कारोबार सुरु गरेको हो।
फाइनान्सले यस अघि १:२ को अनुपातमा २ सय प्रतिशतको दरले ३६ लाख ३९ हजार ६ सय ६ कित्ता हकप्रद निष्कासन गरेको थियो ।