नारायणी डेभलपमेन्ट बैंकले हकप्रदमा अवितरित शेयर चैत्र १० गतेदेखि लिलाम गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 21, 2022 | 08:15:59 AM मा प्रकाशित

laxmi  sunrise bank

नारायणी डेभलपमेन्ट बैंकले हकप्रदमा अवितरित शेयर चैत्र १० गतेदेखि लिलाम गर्ने भएको छ  । कम्पनीले हकप्रदमा अवितरित  १ लाख ४५ हजार ६ सय ४९ कित्ता शेयर लिलाम गर्न लागेको हो  । 

जस मध्ये १ लाख ३१ हजार ९ सय ९८ कित्ता शेयर संस्थापक समुहको रहेको छ भने बाँकि १३ हजार ६ सय ५१ कित्ता सर्वसाधारण समुहको रहेको छ  । यस लिलामीको शेयरमा चैत्र १० गतेदेखि चैत्र १७ गतेसम्म आवेदन दिन सकिने छ ।  आवेदन दिंदा न्युनतम १०० कित्ता र अधिकतम पुरै शेयरको लागि आवेदन दिन सकिने छ  ।  यसमा जो कोहि, व्यक्ति, तथा संघ संस्थाले आवेदन दिन सक्ने छन्  ।  शेयरको न्युनतम मूल्य प्रति कित्ता १०० रुपैयाँ तोकिएकोले सो भन्दा बढी मूल्य कबोल गरि आवेदन दिनु पर्ने छ  । सबै भन्दा बढी रकम कबोल गर्नेले शेयर पाउने छन् भने त्यसपछि पनि शेयर बाँकि रहेमा शेयर बाँकि रहेसम्म बढी रकम कबुल गर्नेलाई क्रमश शेयर वितरण हुने छ  । शेयर लिलाम प्रक्रियाको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ  । 

यस लिलामीको शेयरमा ग्लोबल आइएमई क्यापीटल लिमिटेड, नक्साल, तथा ग्लोबल आइएमई बैंकको शाखा कार्यालयहरू क्रमशः (१) विर्तामोड (२) विराटनगर (३) जनकपुर (४) आर्दशनगर, वीरगंज (५) हेटौडा (६) नारायणगढ (७) न्यूरोड, पोखरा (८) बुटवल-मिलनचोक (९) बाग्लुङ्ग (१०) नेपालगंज-त्रिभुवन चोक (११) सुर्खेत (१२) घोराही, दाङ (१३) धनगढी र (१४) महेन्द्रनगरबाट आवेदन दिन सकिने छ।

  फागुन २६ गते बिहिबार हकप्रद शेयर बाँडफाँड गरिएको थियो । क्यापिटलका अनुसार हकप्रदमा आवेदन दिने २ हजार ४ सय ३० जना शेयरधनीलाई ११ लाख ६६ हजार ६ सय ८९ कित्ता शेयर बाँडफाँड गरिएको छ । यस संगै हकप्रदमा आवेदन नपरेको १ लाख ४५ हजार ६ सय ४९ कित्ता शेयर लिलाममा आएको हो । 

 बैंकले १:१ को अनुपातमा १ सय प्रतिशतले हुन आउने अनुमति १३ करोड १२ लाख ३३ हजार ८ सय रुपैयाँ बराबरको १३ लाख १२ हजार ३ सय ३८ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो। बैंकले हकप्रद निष्काशनको लागि मङ्सिर २४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको थियो । मङ्सिर २३ गतेसम्म कायम सेयरधनीहरुले मात्रै नारायणी डेभलपमेन्टको हकप्रद भर्न पाउने ब्यबस्था थियो।

बैंकले मङ्सिर ३ गते नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्काशनको लागि अनुमति पाएको थियो । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved