शिखर इन्स्योरेन्सले बैशाख १९ गतेदेखि हकप्रदमा अवितरित शेयर लिलाम गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 29, 2022 | 09:51:23 AM मा प्रकाशित

laxmi sunrise bank

शिखर इन्स्योरेन्सले बैशाख १९ गतेदेखि हकप्रदमा अवितरित शेयर लिलाम गर्ने भएको छ । कम्पनीले हकप्रदमा अवितरित ७७ हजार ७ सय २० दशमलव ८८ कित्ता शेयर लिलाम गर्ने भएको हो । यी सबै सर्वसाधारण समुहका शेयर हुन् ।

कम्पनीले बैशाख १९ गतेदेखि बैशाख २६ गतेसम्म यी शेयर लिलाम गर्न लागेको हो । शेयर लिलाम प्रक्रियाको लागि एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । लिलामीको शेयरमा एनआईबिएल एस क्यापिटल लिमिटेड लाजिम्पाट तथा नेपाल इन्भेष्टमेन्ट बैंकका शाखाहरु  पुतलीसडक काठमाडौं, लगनखेल ललितपुर, चिप्लेढुङ्गा पोखरा, ट्राफिकचोक बुटवल, आदर्शनगर वीरगंज र गोल्छाचोक विराटनगर । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको शाखा कार्यालयहरु: नारायणगढ, हेटौंडा, बिर्तामोड, जनकपुर, तुल्सीपुर दाङ, सुर्खेत, नेपालगन्ज र धनगढीबाट आवेदन दिन सकिने छ।

आवेदन दिंदा न्युनतम १०० कित्ताको लागि दिनु पर्ने छ भने अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ। कम्पनीले यी शेयरको न्युनतम मूल्य १०० रुपैयाँ कायम गरेकोले सो भन्दा बढी मूल्य कबुल गरि आवेदन दिनु पर्ने छ । सबै भन्दा बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । त्यसपछि पनि शेयर बाँकि रहेमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । यहि प्रक्रिया अनुसार शेयर बाँकि नरहेसम्म शेयर बाँडफाँड हुने छ ।  

कम्पनीले  चैत्र १ गतेदेखि  चैत्र २१ गतेसम्म १०:३ को अनुपातमा ३० प्रतिशतले हुन आउने  ५२ करोड ७५ लाख ५७ हजार २ सय रुपैयाँ बराबरको ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। कम्पनीले हकप्रद निष्काशन प्रयोजनको लागि माघ २१ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो ।  यस हिसाबमा माघ २० गते कायम शेयरधनीले मात्र हकप्रद शेयरमा आवेदन दिन सक्ने ब्यबस्था थियो। 

कम्पनीले जेठ २५ गते हकप्रद शेयर निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएकोमा बोर्डले माघ ६ गते स्वीकृति प्रदान गरेको हो।



Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved