अपि पावरले जेठ १८ गतेदेखि हकप्रदमा अवितरित शेयर लिलाम गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2022 | 11:47:44 AM मा प्रकाशित

laxmi sunrise bank

अपि पावरले जेठ १८ गतेदेखि हकप्रदमा अवितरित शेयर लिलाम गर्ने भएको छ । कम्पनीले हकप्रदमा अवितरित सर्बसाधारण समुहको ४ लाख ४९ हजार ३ सय २८ कित्ता शेयर लिलाम गर्न लागेको हो ।

यस लिलामीको शेयरमा जेठ २६ गतेसम्म आवेदन दिन सकिने छ । शेयर लिलाम प्रक्रियाको लागि मुक्तिनाथ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ। आवेदन दिनको लागि निम्न केन्द्र तोकिएका छन् 

आवेदन दिंदा न्युनतम १०० कित्ताको लागि दिनु पर्ने छ भने अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ। कम्पनीले यी शेयरको न्युनतम मूल्य १०० रुपैयाँ कायम गरेकोले सो भन्दा बढी मूल्य कबुल गरि आवेदन दिनु पर्ने छ । सबै भन्दा बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । त्यसपछि पनि शेयर बाँकि रहेमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । यहि प्रक्रिया अनुसार शेयर बाँकि नरहेसम्म शेयर बाँडफाँड हुने छ ।  

कम्पनीले चैत्र २५ गतेदेखि बैशाख १५ गतेसम्म  ३९.३६ प्रतिशत अर्थात् १ कित्ता बराबर शुन्य दशमलब ३९३६ का दरले  १ अर्ब ८ करोड ६० लाख बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो। क्यापिटलका अनुसार हकप्रदमा रितपुर्वक आवेदन दिने १ लाख १३ हजर १ सय ५३ जना आवेदकलाई १ करोड ४ लाख ७ हजार ८ सय १५ कित्ता शेयर बाँडफाँड गरिएको छ । यस संगै हकप्रदमा बिक्रि नभएको शेयर लिलाममा आएको हो ।

   कम्पनीले अपर चमेलिया आयोजनाको लागि रकम जुटाउन हकप्रद सेयर निष्काशन गरेको हो। कम्पनीले फागुन २६ गते नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्काशनको लागि अनुमति पाएको हो ।  

हाल कम्पनीले ४० मेगावाटको अपर चमेली परियोजना निर्माण गरिरहेको छ भने केहि मेगावाटको सोलार परियोजना समेत निर्माण गरिरहेको छ। अपिले पहिल्यै ४ मेगावाटको चन्द्रपुर सोलार परियोजना संचालनमा ल्याईसकेको छ।अपिले थप ६२.५ मेगावाट बराबरको परियोजना आगामी बर्ष निर्माण सम्पन्नको तयारीमा छ। यसबाट कम्पनीले थप आम्दानी जुटाउन सक्ने छ। 


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved