
बरुण हाइड्रोले भदौ ६ गतेदेखि हकप्रद बिक्रि गरिरहेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी २६ करोड ७९ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको १:१ अनुपातमा अर्थात् शतप्रतिशतले हुन् आउने २६ करोड ७९ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद बिक्रि खुला गरेको हो।
लगानीकर्ताले यस हकप्रदमा भदौ २६ गतेसम्म आवेदन दिन सक्ने छन् । कम्पनीले हकप्रद निष्काशनको लागि साउन २ गते बुक क्लोज गर्ने निर्णय गरेकोले साउन १ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् । हकप्रद शेयर निष्काशनको लागि आरबिबि मर्चेन्ट बैंकिंग बिक्रि प्रबन्धक रहेको छ ।
नेपाल धितोपत्र बोर्डले असार १५ गते बुधबार कम्पनीलाई हकप्रद निष्काशनको लागि अनुमति प्रदान गरेको हो । कम्पनीले जेठ ११ मा हकप्रद निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो ।
कम्पनीले फेरी हकप्रद निष्काशन प्रक्रिया अगाडी बढाएर बोर्डबाट निष्काशन अनुमति पाई हकप्रद बिक्रि गर्न लागेको हो।
हेर्नुस् कम्पनीको सूचना