असोज २ गतेदेखि हकप्रदमा अवितरित शेयर लिलाम गर्दै ङादी ग्रुप पावर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 15, 2022 | 08:25:33 AM मा प्रकाशित

ङादी ग्रुप पावर लिमिटेडले असोज २ गतेदेखि हकप्रदमा अवितरित शेयर लिलाम गर्ने भएको छ । कम्पनीले हकप्रदमा अवितरित सर्वसाधारण समुहतर्फको १२ लाख ५७ हजार २ सय ९० कित्ता शेयर लिलाम गर्न लागेको हो ।

यस लिलामीमा असोज १३ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १०० कित्ता र अधिकतम पुरै कित्ताको लागि आवेदन दिनु पर्ने छ । यी शेयरको न्युनतम मूल्य प्रति कित्ता १०० कायम गरिएकोले आवेदन दिंदा न्युनतम १०० रुपैयाँ कबुल गरि आफ्नो बोलपत्र पेश गर्नु पर्ने छ । सर्बप्रथम सबै भन्दा बढी मूल्य कबुल गर्नेलाई शेयर बाँडफाँड गरिने छ भने त्यसपछि दोस्रो बढी मूल्य कबुल गर्नेलाई शेयर बाँडफाँड गरिने । शेयर बाँकि रहेसम्म यहि प्रक्रियाद्वारा बढी मूल्य कबुल गरेको आधारमा शेयर बाँडफाँड हुने छ । 

शेयर लिलाम प्रक्रियाको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । क्यापिटलको कार्यालय नक्साल तथा सिद्धार्थ बैंकको शाखाहरु बिराटनगर, बिर्तामोड, बिरगंज, जनकपुर, हेटौडा, नारायणगढ, पोखरा, बाग्लुंग, बुटवल , घोराही, नेपालगंज, सुर्खेत, धनगडी र महेन्द्र नगर शाखाबाट बोलपत्र आवेदन बुझाउन र भर्न सकिने छ ।

 कम्पनीले  साउन १८ गतेदेखि  भदौ ७ गतेसम्म हकप्रद  बिक्रि खुला गरेको थियो। कम्पनीले हाल कायम चुक्ता पुँजी ७० करोड ६९ लाख ३२ हजार ४ सय रुपैयाँको १:१.५ को अनुपातमा अर्थात् १५० प्रतिशत हकप्रदले हुन आउने १ करोड ६ लाख ३ हजार ९ सय ८६ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।कम्पनीले हकप्रद निष्काशनको लागि असार २० गते बुक क्लोज गर्ने निर्णय गरेकोले असार १९ गतेसम्म  कायम शेयरधनीले मात्र हकप्रद भर्न सक्ने ब्यबस्था थियो। 

नेपाल धितोपत्र  बोर्डले असार ९ गते कम्पनीलाई हकप्रद निष्काशनको लागि अनुमति दिएको थियो । कम्पनीले जेठ ९ मा बोर्डमा हकप्रद स्वीकृतिको लागि आवेदन दिएको थियो । 


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved