कात्तिक १४ गतेदेखि हकप्रदमा अवितरित शेयर लिलाम गर्दै बरुण हाइड्रो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 28, 2022 | 10:42:58 AM मा प्रकाशित

laxmi  sunrise bank

बरुण हाइड्रोले कार्तिक १४ गतेदेखि हकप्रदमा अवितरित शेयर लिलाम गर्ने भएको छ। कम्पनीले हकप्रद निष्काशन गर्दा बिक्रि नभएको सर्बसाधारण समुहतर्फको ३ लाख ५५ हजार ६० कित्ता शेयर लिलाम गर्न लागेको हो ।

उक्त लिलामीको शेयरमा कार्तिक २१ गतेसम्म आवेदन दिन सकिने छ । शेयर लिलाम प्रकियाको लागि आरविवि मर्चेन्ट बैंकिंङ बिक्रि प्रबन्धक रहेको छ । 

लिलामीको शेयरमा आरविवि मर्चेन्ट बैंकिंङको कार्यालय टेकु र राष्ट्रिय वाणिज्य बैंकका शाखाहरु  विरगञ्ज-पर्सा, जनकपुर-धनुषा, नारायणगढ-चितवन, बाग्लुङ्ग बजार-बाग्लुङ्ग, बुटवल-रुपन्देही, नेपालगञ्ज-बाँके, वीरेन्द्रनगर-सुर्खेत, धनगढी-कैलाली, विर्तामोड-झापा, हेटौडा-मकवानपुर, तुल्सीपुर-दाङ्ग, महेन्द्रनगर-कञ्चनपुर, विराटनगर-मोरङ र क्षेत्रीय कार्यालय-पोखराबाट आवेदन दिन सकिने छ ।

आवेदन दिंदा न्युनतम १०० कित्ताको लागि र अधिकतम पुरै कित्ताका लागि दिन सकिने छ । कम्पनीको शेयरको मूल्य न्युनतम एक सय रुपैयाँ कायम गरिएकोले सो भन्दा बढी रकम कबुल गरि आवेदन दिनु पर्ने छ। सबैभन्दा उच्च मूल्य कबुल गर्नेले पहिला शेयर पाउने छ र त्यसपछि दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । शेयर संख्या कायम रहंदासम्म यहि प्रक्रियाबाट शेयर बाँडफाँड हुने छ ।

कम्पनीले निष्काशन गरेको हकप्रद शेयर असोज २६ गते बाँडफाँड भएको थियो  । कम्पनीले भदौ ६ गतेदेखि  भदौ ३१ गतेसम्म कम्पनीको हाल कायम चुक्ता पुँजी २६ करोड ७९ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको १:१ अनुपातमा अर्थात् शतप्रतिशतले हुन् आउने २६ करोड ७९ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद बिक्रि खुला गरेको हो। कम्पनीले हकप्रद निष्काशनको लागि साउन २ गते बुक क्लोज गर्ने निर्णय गरेकोले साउन १ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने ब्यबस्था थियो।   


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved