
राधी विद्युत कम्पनीले कार्तिक २९ गतेदेखि हकप्रदमा अवितरित शेयर लिलाम गर्ने भएको छ । कम्पनीले हकप्रद निष्काशन गर्दा बिक्रि नभएको सर्बसाधारण समुहको १३ लाख ५ सय २७ दशमलव ९९ कित्ता शेयर लिलाम गर्न लागेको हो ।
शेयर लिलामको मुक्तिनाथ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । यस लिलामीको शेयरमा मुक्तिनाथ क्यापिटलको कार्यालय नक्सालका साथै मुक्तिनाथ विकास बैंकका शाखाहरु ठिमी भक्तपुर, कुमारीपाटी-ललितपुर, इटहरी, विराटनगर, इलाम, विर्तामोड, वीरगंज, जनकपुर, नारायणगढ, हेटौडा, पृथ्विचोक-पोखरा, बाग्लुङ्ग, बुटवल, नेपालगंज, तुल्सीपुर-दाङ्ग, सुर्खेत, धनगढी र महेन्द्रनगरबाट आवेदन दिन सकिने छ। इच्छुक लगानीकर्ताले मङ्सिर ७ गतेसम्म आवेदन दिन सक्ने छन् ।
आवेदन दिंदा न्युनतम १०० कित्ताको लागि र अधिकतम पुरै कित्ताका लागि दिन सकिने छ । कम्पनीको शेयरको मूल्य न्युनतम १ सय रुपैयाँ कायम गरिएकोले सो भन्दा बढी रकम कबुल गरि आवेदन दिनु पर्ने छ। सबैभन्दा उच्च मूल्य कबुल गर्नेले पहिला शेयर पाउने छ र त्यसपछि दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । शेयर संख्या कायम रहंदासम्म यहि प्रक्रियाबाट शेयर बाँडफाँड हुने छ ।
