प्रभु लाइफ इन्स्योरेन्सको साधारणसभा जेठ २६ मा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 21, 2023 | 11:08:24 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो पाँचौँ वार्षिक साधारणसभा यही जेठ २६ गते गर्ने भएको छ । केही दिन अघि प्रकाशित सूचना संशोधन गर्दै कम्पनीले आज आइतबार साधारणसभाको नयाँ मिति तोकेको हो । 

यसअघि विशेष साधारणसभा बोलाएको कम्पनीले सूचना प्रकाशित गर्दै अहिले सच्चाएर पाँचौँ वार्षिक साधारणसभा बोलाएको छ ।  

शक्रबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा काठमाडौँको लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा बिहान ११ बजेबाट बस्ने निर्णय गरेको छ  ।  

सभाले आर्थिक वर्ष २०७७–७८ का लागि प्रस्तावित लाभांश अनुमोदन गर्नेछ । कम्पनीले चुक्तापुँजीको ९.८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५१५८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

त्यस्तै सभाले प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीचको मर्जर प्रक्रिया स्वीकृत गर्नेछ । 

मर्जरपछि कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स रहने विशेष प्रस्ताव, प्रभु र महालक्ष्मी लाइफबीचको मर्जरका लागि कायम १ः१ सेयर स्वाप रेसियो पनि अनुमोदन गर्नेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved