'बिमाको पैसा पनि गाडीमा गएपछि सडक बनाउने पैसा कहाँबाट हुन्छ ?' (अडियो सहित)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Nov 07, 2018 | 05:19:21 PM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहानदेखि म वेल्थ क्रियसन (सम्पति सृजना) को बिषयमा कुरा गरिरहेको छु। बैंकिङ विस्तारको गतिको तुलनामा विमाको विस्तार केहि ढिलो भएको हो अब यसले आफ्नो गति पक्रन सक्नुपर्दछ। 

सम्भवत: हामीले बिदेशी लगानीलाई बैंकमा जति छिटो गर्यौं त्यसको तुलनामा विमा व्यवसायलाई खुला गर्न समय लिएका हौँ। स्वदेशी पुंजी स्वदेशी लगानी प्रवर्दन गर्नका लागि विमा व्यसाय खुला गर्न समय लिएको हो। बैदेशिक लगानी प्रत्यक्ष रुपमा नआओस भन्ने थियो तरपछि सब्सिडरी, शाखा विस्तारको रुपमा आयो त्यसरी आउँदा पनि बीमा व्यवसाय बिस्तारमा राम्रै भयो। यसले बीमाको दायरा बढाउन मद्दत पुग्यो। तर यति भन्दै गर्दा आज पनि जिबन बीमाको कभरेज १ बाट २ प्रतिशत पुग्न सकेको छैन।  

निर्जिबन बीमा व्यवसायजन्य  बिषयले सिर्जना हुदै जान्छ। कम्पनी निर्माण गर्दा, आवास निर्माण गर्दा , प्रोजेक्ट संचालन गर्दा स्वत स्फुर्त बीमा गर्नुपर्ने भएकाले निर्जिबन बीमा अगाडी बढेको हो। तर स्वास्थ्य बिमाका कार्यक्रम अगाडी बढाउन नसकेकै हो। बजार प्रणालीसंग असान्दर्भिक निशुल्क स्वास्थ्य सेवा दिनुपर्नेक कुरामा हामीले उन्मुक्ति पाउँछौ। बजार प्रणालीबाट स्वास्थ्यबिमा सेवालाई अगाडी बढाउँ सक्छौं।  जसले प्रिमियम तिर्न सक्दैन उसको प्रिमियम सरकारले तिर्छ, जसले सक्छ उसले आफैं तिर्छ। स्वास्थ्यबीमा योगदानमा आधारित हुन्छ।  यी त बीमा व्यवसायका राम्रा कुराहरु भए। 

यहाँ सबैका व्यवसाय सुरक्षित छन तर कृषकको व्यवसाय सुरक्षित छैन। न किसानको व्यवसाय सुरक्षित छ, न उत्पादन सुरक्षित छ, न त उनीहरुको बजार नै सुरक्षित छ। यस अर्थमा दुई तिहाई जनसंख्यासंग जोडिएको व्यवसाय अझैं पनि असुरक्षित छ। ति किसानहरु बीमाको दायरामा नआउँदासम्म जति सुकै बीमाको कभरेज बढेको छ भनेपनि त्यो अपुरो छ। 

किसान, मझौला व्यवसायीसंग पुग्नका लागि बिमा व्यवसायीहरुलाई बैंकहरुले आफ्नो सब्सिडरीको रुपमा लघुवित्तलाई अगाडी बढाएझैं लघुबीमा अगाडी बढाउनलाई सरकार सधैं सकारात्मक छ। लघुबीमा छुट्टै सब्सिडरीको रुपमा चलाउँदा व्यवसायको विविधिकरण पनि हुन्छ र जोखिम पनि विविधिकरण हुन्छ। एक दुई व्यवसाय र एक दुई ठुला कम्पनीको विमा गरेर व्यवसाय चलाउँदा जोखिम बढीनै हुन्छ। हजारौं किसानकोमा पुग्दा जोखिम र व्यवसाय दुवैको विविधिकरण हुन्छ। र यसले कृषकको अवस्थालाई सुधार्न सहयोग पनि पुग्छ।  

बिमा कम्पनीहरु वित्तीय बजारमा मार्केट प्ल्येर छन, मार्केट मेकर पनि छन। अहिले सेयरबजारलाई प्रभाब पार्न सक्ने कम्पनीहरु मध्ये बीमा कम्पनीहरु अव्वलमा पर्छन। बीमा कम्पनीको सेयरमुल्यले उतारचढाब निर्धारण गर्छ। यसले पनि वित्तीय बजारमा बिमा कम्पनीको पहुँच बलियो हुँदै गएको देखाउंछ। 

पुंजी र संख्याका हिसाबले बीमा कम्पनी बढ्दैछन र पुंजीबजारको अभिन्न अंग भएर आउंदै छन। तर तपाईले कमाएको नाफाले पूर्वाधार, जलस्रोत, हाइड्रो लगायतका क्षेत्रमा लगानी बढ्यो भने त्यसले अर्थतन्त्रमा ठुलो टेवा पुग्छ। 

सजिलो र छोटोबाटो त बैंकमा निक्षेप राख्नु नै हुन्छ त्यो पैसा बैंकहरुले उत्पादनमुलक क्षेत्रमा लगानी गरेत राम्रै हुन्थ्यो तर त्यो पैसा पनि गाडी किन्न प्रयोग भयो भने त जनताको निक्षेप पनि गाडीमा, ऋणको पैसा पनि गाडीमा अनि बिमाको पैसा पनि गाडीमा जान्छ। पैसा जति गाडीमा गएपछि सडक बनाउने पैसा हुदैन अनि हिमालय होटलबाट अन्नपूर्ण पुग्न दुई घण्टा लाग्छ। 

बिकास भनेको सन्तुलित हुनुपर्छ। बिकास सन्तुलित भएन भने त्यसले एक ठाउँबाट भएको उपलब्धि पनि सुरक्षित हुँदैन। भौतिक पूर्वाधारमा लगानी गर्न पुंजी विस्तार हुनुपर्छ।    

यातायात, बीमा, पर्यटन लगायतका बिभिन्न सेवाका नाममा मुलुकबाट बाहिर पैसा जान्छ। यसले चालु खाता घाटामा लैजान्छ भुक्तानी सन्तुलनमा समेत चाप पर्छ र राष्ट्रिय पुंजी निर्माण पनि हुदैन। त्यसैले राष्ट्रिय पुंजी निर्माणको जग बलियो बनाउन,सेवा मुलक व्यवसायको खर्च बचतमा राख्न, बिदेशी मुद्रा संचित गर्नका लागि नेपालका बीमा कम्पनीहरुले यहि पुनर्बिमा गरि धेरै रकमहरु मुलुक भित्रै रहने वातवरण बनाउनुपर्छ। 

सरल र सुद्रिड  हुँदै गएको पुनर्बिमा कम्पनीसंग नेपालका बिमा व्यवसायीहरुको व्यवसाय बढ्न सकोस र पुनर्बिमा कम्पनी र बिमा व्यवसायसंगको बिश्वास थप प्रगाढ होस। र अन्त्यमा सबैलाई तिहारको शुभकामना!      


(नेपाल पुनर्बिमा कम्पनीको पाँचौँ वार्षिकोत्सवका अवसरमा अर्थमन्त्री ड़ा युबराज खतिवडाको सम्बोधनको सम्पादित अंश)


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved