‘कंक्रिट सडकले व्यापार घाटा घटाउँछ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2020 | 05:10:14 PM मा प्रकाशित

laxmi  sunrise bank

सिमेन्ट उद्योगीहरुले कंक्रिट सडकलाई प्राथमिकता दिन माग गरेका छन् । बुधबार आयोजित कार्यक्रममा सिमेन्ट उत्पादक संघका उपाध्यक्ष तारा प्रसाद सुवेदीले मूलुकमा सिमेन्टको उत्पादन, खपत र देशको हालको अवस्थालाई ख्याल गरेर सडक निर्माणमा सिमेन्टको प्रयोग अवश्यक रहेको बताए । 

उनले केही समयअघि सरकारले सडकमा अलकत्राको सट्टा कंक्रिट सिमेन्टको प्रयोगलाई प्राथमिकता दिने नीति लिने संकेत गरेकोप्रति धन्यवाद समेत दिए । अग्नी सिमेन्टको प्रवन्त्र निर्देशक समेत रहेका पोखरेलले सडकलाई लामो समय टिकाइराख्न र मर्मतमा मात्रै राज्यको लाखौ लगानी खेर जान नदिन कंक्रिट सडकको अवधारणा उपर्युक्त हुने दाबी गरे । उनले कंक्रिट सडक ४० वर्षभन्दा बलियो हुने दाबी समेत गरेका छन् । 

‘यसबाट अमूल्य विदेशी मुद्राको बचत भई व्यापा घाटा न्यून हुने देखिन्छ’ संघले उपलब्ध गराएको प्रेस विज्ञप्तिमा पनि भनिएको छ, ‘यसको प्रयोगले ८० प्रतिशतसम्म आन्तरिक मूल्य अभिवृद्धि हुने छ ।’ 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved