नगर विकासले अलपत्र छोडेको मैजुबहाल चक्रपथ ८ करोडमा कालोपत्रे, मेयर शाक्य अनुगमनमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 17, 2020 | 02:30:14 PM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार साँझपख काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डाक्टर राजन भट्टराईसहितको टोली चावहिल मैजुबहाल चक्रपथ पुगेको थियो । त्यही टोलीमा वडाध्यक्ष शुद्धकुमार डंगोल, काठमाडौँ महानगरपालिका सहरी पूर्वाधार विभागका प्रमुख राम थापालगायत पनि सहभागी थिए । लामो समयदेखि नगर विकास आयोजनाले अलपत्र छाड्दै आएको मैजुबहाल चक्रपथको करिब २ किलोमिटर बाटो मेयर शाक्यहितको टोली पुग्दा धमाधम कालोपत्रे भैरहेको थियो ।

मेयरसहितको टोली अनुगमनमा पुगेपछि स्थानीयले स्वागत गरे । स्थानीय रविन्द्र पण्डितलगायतले मेयर शाक्यसहितको टोलीलाई स्वागत गर्दै निर्वाचनका बेला गरेको प्रतिवद्धता पूरा गरेकोमा धन्यवाद दिए । 

‘चुनावी प्रचारमा आएका बेला बृहत् मैजुवहाल हाइट मार्गमा कालोपत्रे गर्ने, विजुलीका पोल सार्नेलगायतका कार्य सम्पन्न गर्ने प्रतिवद्धता मेयरबाट भएका थिए । आज उहाँकै अगुवाईमा यो काम सम्पन्न भएको छ । हामी टोलवासी खुशी छौँ,’ पण्डितले भने, ‘विगत २०–२५ वर्षदेखि हामी महानगरवासी भए पनि बत्तीमुनीको अध्यारोमा थियौँ । कच्चीबाटोमा दिनहुँ धुलो–धुँवा खाएर हिलोमा लडिबुडी गर्दै आवत–जावत गर्न बाध्य थियौँ । अहिले हाम्रो टोलटोलमा धमाधम कालोपत्रे भएको छ । यसका लागि काठमाडौँ महानगरपालिकालाई धन्यवाद दिन चाहन्छौँ ।’ 

अनुगमनकै क्रममा भेटिएका टिका पराजुली भन्छन्, ‘हामी लामो समयदेखि यहाँको दुर्दशाबाट परिचित छौँ । अब हिलो, धुलोमा दिनहुँ हिड्नु पर्ने वाध्यताबाट मुक्त भएका छौँ । ८–९ करोडको लगानीमा हाम्रो टोलमा यति छिटै यस्तो बाटो बन्ला, कालोपत्रे होला भन्ने सोचेकै थिएनौँ । नेताहरु चुनावका बेला ठूला–ठूला भाषण गर्ने र जितेपछि हराउने अनि एकै चोटी अर्को निर्वाचनमा आउने देखेका हामीलाई यो पटक चुनावताका गरेका प्रतिवद्धता पूरा हुँदा औधी खुशी लागेको छ । यसमा काठमाडौँ महानगरपालिकाका प्रमुखज्यु र वडाका जनप्रतिनिधिलगायतलाई विशेष धन्यवाद दिन चाहन्छु ।’

अर्का स्थानीय नारायण प्रसाद अधिकारीले पनि बाटो बनेकोमा र जनप्रतिनिधि नै अनुगमनमा आएकोमा खुशी व्यक्त गरे । गुणस्तीय काम होस् भन्नेबाहेक अरु माग केही नरहेको सुनाउन भइाए । 

अनुगमनकै क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिदैँ प्रमुख शाक्यले आफू निर्वाचित भएर आएपछिका तीन वर्षमा वडामा भएका विकास निर्माणका कामको प्रत्यक्ष जानकारी लिन अनुगमनमा निस्किएको बताए ।

 ‘हामीले प्रत्येक वडाको विकास निर्माणका लागि बजेट पठाउने गरेका छौँ,’ उनले भने, ‘केन्द्रबाट पठाएको बजेट र वडामार्फत पनि परिचालन गरेको बजेटबाट कति काम सम्पन्न भयो । कति सम्पन्न हुन बाँकी छ भन्ने जानकारी लिनका लागि यो अनुगमन गरेका हौँ । यस्ता खाले अनुगमन ३२ वटै वडामा समय–समयमा गर्दै आएका छौँ ।’

उनले चुनाव प्रचारका बेला मैजुबहाल चक्रपथको कालोपत्रे गर्नेलगायतका काम आफु निर्वाचित भएपछि पूरा गर्ने प्रतिवद्धता व्यक्त गरेको स्मरण गराउँदै काम सम्पन्नको चरणमा आइपुग्दा खुशी लागेको बताए । 

‘मैले चुनाव प्रचारका बेला लामो सयमदेखि अलपत्र परेको यो सडक निर्वाचित भएपछि मेरै कार्यकालमा पूरा गर्ने प्रतिवद्धता व्यक्त गरेको थिएँ । आठ करोड बढीको बजेट सानो होइन । ठूलो बजेटको काम भएकाले योजना पूरा नहुने हो कि भन्ने यहाँका स्थानीयको आशंका थियो । आज सम्पन्न हुने चरणमा छ, म खुशी छु’ मेयर शाक्यले भने । 

वडाध्यक्ष डंगोलले पनि उम्मेदवार बनेकै बेला निर्वाचित भएपछि विकास निर्माणको जिम्मा लिने प्रतिवद्धता व्यक्त गरेको भन्दै आज प्रतिवद्धता पूरा हुने चरणमा रहेको बताए ।

 ‘यो महानगरपालिकाको भौतिक पूर्वाधारको क्षेत्रमा सायद सबैभन्दा ठूलो बजेट हुनुपर्छ । यति धेरै बजेटमा यहाँको काम सम्पन्न गर्न पाउँदा खुशी लागेको छ,’ उनले भने, ‘अन्य विकास निर्माणका कामलाई पनि हाम्रै कार्यकालमा पूरा गर्ने गरी लाग्छौँ ।’

मैजुबहाल चक्रपथको करीब २ किलोमिटर कालोपत्रे गर्ने, विजुलीका पोल सार्नेलगायतका कार्यका लागि ८ करोड ५० लाख बजेट विनियोजन भएको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved