९० प्रतिशत निजी आवास पुनर्निर्माण सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 25, 2020 | 02:18:03 PM मा प्रकाशित

laxmi  sunrise bank

पाँच वर्षको अबधिमा ९० प्रतिशत निजी आवास पुनर्निर्माणको कार्य सम्पन्न भएको राष्ट्रिय पूनर्निर्माण प्राधिकरणले जनाएको छ । भूकम्प गएको  ५ वर्षको अबधिमा प्राधिकरणले ७ लाख ९६ हजार २४५ लाभग्राहीहरुसँग अनुदान सम्झौता गरेकोमा ५ लाख ५६ हजार ४८७ अर्थात ७० प्रतिशत लाभग्राहीहरुले घर र्निर्माण सम्पन्न गरेको प्राधिकरणले जनाएको हाे । 

१ लाख ६८ हजार ८३ अर्थात २१ प्रतिशत लाभग्राहीकाे घर र्निर्माणको अन्तिम चरणमा रहेको र बाँकी घरहरु यसै आवमा र्निर्माण सम्पन्न हुने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए । उनका अनुसार ४ अर्ब ८८ करोड बजेट मध्येमा ५ वर्षको अबधिमा ३ अर्ब ३९ करोड रकम खर्च भएको छ ।

यसअबधिमा ९ सय जना घुम्ति डकर्मी र २५४ जना सामाजिक परिचालकहरुको रिचालन गरेर विशेष अभियान सञ्चालन गरिएको, प्राधिकरणको सहयोगमा २४२ घर पुनर्निर्माण सम्पन्न भएको तथा ठूलो सख्यामा थप निर्माण कार्य अघि बढेको प्राधिकरणले जनाएको छ । 

यसैगरी भूकम्पपछि असुरक्षित रहेका ४ हजार २५७ लाभग्राहीलाई सुरक्षित आवासका लागि जग्गा व्यवस्था मिलाईएको र ११ हजार ४३७ भूमिहिन तथा सुकुम्बासी लाभग्राहीहरुलाई जग्गा अरिद गर्न अनुदान उपलब्ध गराउने निर्णय भएको ज्ञवाली बताउँछन् । 

यसैगरी १३० एकीकृत बस्तीमध्येमा ५० वटा बस्तीको पुनर्निर्माणसम्पन्न भइसकेको र बाँकी पुनर्निर्माण भइरहेको छ । 

४६५ सम्पदाको पुनर्निर्माण

५ वर्षको अबधिमा सांस्कृतिक तथा पुरातात्विक सम्पदाको जिर्णाेद्धार तथा पूनर्निर्माणमा महत्वपूर्ण उपलब्धी हासिल भएको प्राधिकरणले जनाएकाे छ । क्षतिग्रस्त ९ सय २० वटा सम्पदामध्ये ४ सय ६५ वटा सम्पदाको पूनर्निर्माण सम्पन्न भएको छ । महत्वपूर्ण धरोहरहरुको रुपमा रहेका सम्पदामध्येमा रानीपोखरीको पूनर्निर्माण सम्पन्न भएको र धरहराको २० औँ तल्ला निर्माण पूरा भएको छ । 

सिंहदरबारको मुख्य प्रशासनिक भवनको उत्तर, दक्षिण र पूर्वी भाग पुस महिनाभित्र सम्पन्न गरी माग महिनाभित्रै प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सार्ने गरी कार्य भइरहेको प्राधिकरणले जनाएको छ । बबरमहल, केशरमहल, बालमन्दिर, नाराष्णहिटि संग्रहालय क्षेत्रमा रहेका रणोद्धिप दरबार लगायतका पुरातात्विक महत्वका दरबारहरुको जिर्णेद्धार एवं पूनर्निर्माण द्रुत गतिमा अघि बढेको जनाईएको छ । 

यसैगरी बृहत्तर दुडिँखेल, लोकतान्त्रिक संग्रहालय, नारायणहिटि संग्रहालय, गोरखा एवं नुवाकोट दरबार, एवं सातवटा पुरातात्विक सम्पदाहरुको गुरुयोजना स्वीकृतको चरणमा रहेको छ । 

प्राधिकरणको तथ्यांक अनुसार भुकम्पबाट क्षतिग्रस्त ७ हजार ५५३ विद्यालयमध्ये ६ हजार ८५ अर्थात ८१ प्रतिशत विद्यालयको पूनर्निर्माण सम्पन्न भएको छ । यसैगरी १ हजार ४६८ अर्थात १९ प्रतिशत विद्यालय पुनर्निर्माणको क्रममा रहेको प्राधिकरणले जनाएको छ । 

दाता सम्मेलनमा प्रतिबद्धता व्यक्त भएको ४ अर्व १० करोड मध्येमा ६७ अर्ब राहत तथा उद्धार एवं अन्य कार्यक्रममा खर्च भएको र भारतीय एक्जिम बैंकतर्फको ४९ अर्ब रुपैयाँ नेपाल सरकारतर्फ स्रोतान्तर हुँदा वास्तवीक प्रतिबद्धता रकम २ अर्ब ९४ करोड भएको प्राधिकरणले जनाएको छ । जसमा २ अर्ब ८३ करोड रुपैयाँको सम्झौता भई स्रोत सुनिश्चितता भएको छ । 

गैरसरकारी संस्थाहरु सँग ९० अर्ब रुपैयाँ परिचालन गर्नका लागि सम्झौता भई ७२ अर्ब रुपैयाँ परिचालन भएको जनाईएको छ । जसमा दातृ निकायबाट प्रतिवद्धता भएको सत प्रतिशत रकम परिचालन हुने सुनिश्चित भएको प्राधिकरणले जनाएको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved