धराहरा निर्माणमा किन विशेष चासो राख्छन् प्रधानमन्त्री ओली ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Jan 13, 2021 | 11:54:53 AM मा प्रकाशित

laxmi  sunrise bank

भूकम्पले भत्किएको पूरानो धराहरा नजिकै नयाँ धराहराले आकार लिँदै गर्दा धेरैको मन प्रफुल्लित भएको छ । भूकम्पले ढलेको धराहरा उठ्दै गर्दा हरेक नेपालीहरु खुशीले गदगद भएका छन् । चाँडै टुप्पोमा चढेर काठमाडौँ उपत्यका नियाल्ने सपना देख्न थालेका छन् । 

भूकम्पभन्दा पहिले देशभरीबाट काठमाडौँ आउनेको घुम्ने स्थल थियो धराहरा । तर, नेपालको ऐतिहासिक धरोहर धराहरा विनाशकारी भूकम्पको सीकार बन्यो । अहिले क्रमशः उठिरहेको देख्दा सुन्धाराको बाटो भएर सयर गर्नेहरु मनमनै खुशी व्यक्त गरिरहेका हुन्छन् । समयमा नै आकार लिएर ठडिँदै गरेको धराहरा देखेपछि निर्माणको अभियान सुरु गर्ने प्रधानमन्त्री केपी शर्मा ओली (म बनाउँछु मेरो धराहरा अभियान) र कामदारप्रति सबैले धन्य भाव दर्साउने नै भए ।

जिआइइटिसी–रमन जेभीले निर्माणको जिम्मा पाएकै बखत प्रधानमन्त्रीले जतिसक्दो छिटो काम सक्न निर्देशन दिएका थिए ।

प्रधानमन्त्रीको विशेष चासो

प्रधानमन्त्री केपी शर्मा ओलीले धराहराको नव निर्माणलाई विशेष चासोका साथ हेरिरहेका छन् । २०७३ साल फागुन ४ गते प्रधानमन्त्री ओली आफैँ भत्किएको धरहरा परिसरमा उपस्थित भएर धराहरा निर्माणका लागि आफ्नो तर्फबाट एक महिनाको पारिश्रमिक नै दिने घोषणा गरे । प्रधानमन्त्री ओलीले आफैं उपस्थित भएर २०७५ पुस १२ गते धरहरा पुनर्निर्माण शिलान्यास गरेका थिए ।

२०७५ सालको बैशाख १२ गते भूकम्प गएको दिन स्मरण गर्दै ओलीले आफ्नै कार्यकालभित्र धराहरा निर्माण सक्ने प्रतिवद्धता जनाए । जसका कारण धराहरा निर्माणको कामले उल्लेख्य गति लिएको छ । प्रधानमन्त्री ओलीले उच्च प्रथामिकतामा राखेकै कारण यसको भौतिक प्रगति ९० प्रतिशत सकिएको छ । अहिलेसम्म २० तलाको ढलान सकिएको छ । बाँकी दुई तलाको ढलान पनि ४५ दिनभित्र सक्ने निर्माण पक्षको लक्ष्य छ । राष्टिय पुन निर्माण धरहराका अनुसार १७ तलासम्म ढलान प्लास्टरको भईरहेको छ । हालसम्म १ अर्ब २४ करोड रुपैयाँ खर्च भएको छ । 

म्याद थप

जिआइइटिसी–रमन जेभीले सन् २०२० अक्टोबरभित्रै धरहरा पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको थियो । तर, गत चैत्रदेखि लकडाउन हुँदा काम प्रभावित भएपछि अहिले म्याद थप गरिएको छ । पुननिर्माण प्राधिकरणले सन् २०२१ को जुन ३० सम्म धरहरा र्निर्माणको काम सक्ने गरी नयाँ म्याद तय गरेको छ ।

थप भएको म्याद भित्रै काम सक्ने निर्माण कम्पनीले पनि प्रतिवद्धता जनाएको छ । देशको प्रतिष्ठासँग जोडिएको सम्पदा निर्माणको जिम्मा पाउनु आफैँमा गौरवको कुरा भएको बताउँदै जिआइइटिसी–रमन जेभीका कार्यकारी निर्देशक रमन महतोले समयमा नै निर्माण सम्पन्न गरेर देशको प्रतिष्ठित संरचना निर्माण गरेको नाम लेखाउन कम्पनी आतुर रहेको बताएका छन् ।

नयाँ बन्ने धराहरा गजुरसहित ७९.९ मिटर अग्लो हुनेछ । २२ तल्ला निर्माण सकिएपछि लिफ्ट र भ¥याङ राख्ने काम सुरु गरिने कम्पनीले जनाएको छ । अब बन्ने धरहरा ४२ रोपनी क्षेत्रफलमा फैँलिने छ ।

धराहराको इतिहास के ?

तत्कालिन प्रधानमन्त्री भीमसेन थापाले बि.सं. १८८८ सालमा महारानी त्रिपुरा सुन्दरीदेवीका अग्लो स्तम्भ खडा गरेका थिए । अहिले भग्नावशेषका रुपमा रहेको धराहरालाई भीमसेन स्तम्भ पनि भन्ने गरिन्थ्यो । 

तर १९९० र २०७२ सालको भूकम्पले नेपालको ऐतिहासिक धरोहरका रुपमा काठमाडौँको बीचमा उभिएको धरहराको संरचनालाई मेटिदियो । १९९० सालको भूकम्पले पहिलो पटक ११ तले धरहरा भत्काईदिएको थियो । त्यसपछि तत्कालीन प्रधानमन्त्री जुद्धशमशेर राणाले भत्किएको धराहरा उठाए । राणाले अगुवाई गरेर ११ तल्लाको ठाउँमा ९ तल्लाको मात्रै उचाई रहने गरी धराहरा उभ्याए ।

जुद्ध शमशेर राणाले ११ तल्लाको धरहरा भत्किएपछि उचाई घटाएर ९ तल्लामा झारेपनि त्यतिबेला प्रविधिको उपलब्धता थिएन । जसका कारण संरचना बलियो हुन सकेन । फलस्वरुप २०७२ को भूकम्पले धरहरा ढल्यो ।

विदेशमा पनि यस्ता संरचना हुन्छन्

नेपालको मानव निर्मित अग्लो सम्पदा नै धराहरा हुनेछ । हुन त संसारकै अग्लो हिमाल सगरमाथा भएको देशमा मानव निर्मित संरचनाहरु किन चाहियो भनेर प्रश्न पनि उठ्ने गरेको छ । तर, फ्रान्समा आइफिल टावर, दुबईको बु्रज्रखालिफा, अमेरिकाको न्युयोर्कमा स्ट्याचु अफ लिबर्टी आदि गगनचुम्बी टावरहरु ती देशको पहिचान झल्काउने सम्पदा हुन् ।

नेपालले पनि अब चाँडै २२ तल्ला अग्लो गगनचुम्बी धराहरा पाउँदै छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved