बुटवलमा २२३ घरसहितको एकीकृत आवास परियोजना, एउटा घरको मूल्य कति पर्छ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 26, 2021 | 03:47:44 PM मा प्रकाशित

laxmi  sunrise bank

लुम्बिनी प्रदेशको बुटवलमा एकीकृत आवास विकास परियोजनाको निर्माण सुरु भएको छ । लुम्बिनी अष्टदीप मल्टिनेशनल प्रा.लि.ले २ अर्ब लगानी गरेर एकीकृत आवास विकास परियोजनाको निर्माण थालेको हो । 

रुपन्देहीको तिलोत्तमास्थित बुटवल–भैरहवा सडकको भलबारी चोकबाट १.५ किलोमिटर भित्र ६ विगाहा जग्गामा एकीकृत आवास विकास परियोजना तयार पार्न लागिएको हो । परियोजनाभित्र २२३ वटा सुविधा सम्पन्न आधुनिक घरहरु बन्नेछन् । 

सुविधा के के ?

यो आवास परियोजनाभित्र खेल मैदान, बँगैचा, स्वीमिङ पुल, बास्केटबल कोर्ट, कभर्ड हल, हेल्थ क्लब, सैलुन, रेष्टुरेन्ट, मन्दिरलगायत सबै सुविधा उपलब्ध हुनेछन् ।

एकीकृत आवास विकास परियोजनाभित्र सडक, पार्क, स्वीमिङ पुल, बँगैचा जस्ता आकर्षक पूर्वधारका लागि ४० प्रतिशत ठाउँ खुला राखिएको छ । 

‘क’ र ‘ख’ वर्गका घरहरु

यो परियोजनालाई लुम्बिनी क्षेत्रकै अहिलेसम्मकै सुविधा सम्पन्न एकीकृत वस्ती विकासको रुपमा लिईएको छ । आगामी ३ बर्षभित्र निर्माण सक्ने लक्ष्य लिएको आवास परियोजनाभित्र ‘क’ र ‘ख’ गरी २ वर्गका घरहरु निर्माण हुनेछन् । सहरी विकास मापदण्ड अनुसार दुबै वर्गका घरहरु भूकम्प प्रतिरोधी हुनेछन् । 

‘क’ वर्गमा १४ धुर क्षेत्रफलको जग्गामा २९ स्क्वयार फिटका ३८ वटा २.५ तले घरहरु बन्नेछन् । यस्ता घर २ करोड ५० लाख रुपैयाँमा उपलब्ध हुनेछन् । ‘ख’ वर्गमा १० धुर जग्गामा २२ सय स्क्वायर फिटका ८५ वटा आकर्षक घरहरु बनाइनेछ । यस्ता घरको मूल्य १ करोड ७५ लाख रुपैयाँ तोकिएको छ । 

अहिलेसम्म १५ वटा घर बुकिङ भएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved