सुनकोशी मरिण डाइभर्सनको सुरुङ खन्ने जिम्मा चिनियाँ कम्पनीलाई, कहिले सुरु हुन्छ काम ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 28, 2021 | 03:37:10 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाइभर्सन बहुउदेश्यीय आयोजनाको सुरुङ खन्ने काम चिनियाँ कम्पनीलाई जिम्मा दिईएको छ । चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङले १० अर्ब ५ करोड ६८ लाखमा सुरुङ खन्ने ठेक्का पाएको हो । यो रकम यसअघि अनुमान गरिएभन्दा ३५.५ प्रतिशत कम हो ।

२७ महिनामा सक्ने लक्ष्य

सुनेकाशी मरिण आयोजनाको सुरुङको गोलाई ५.५ मिटर हुनेछ । ठेकेदार कम्पनीले सुरुङ खन्न थालेको २ वर्ष ३ महिना (२७ महिना) मा काम सक्ने लक्ष्य लिएको छ । आयोजना प्रमुख सुशील आचार्यका अनुसार अहिले सुरुङ खन्नका लागि हेडवक्स निर्माणको काम भईरहेको छ । 

केही दिनबाटै सुरुङ खन्ने काम सुरु हुने उनको भनाई छ । टनेल बोरिङ मेशिन (टीबीएम) ले सुरुङ खन्नेछ । 

अनुभवी ठेकेदार

यो ठेक्का पाएको कम्पनी नेपालमा यसअघि पनि सुरुङ तयार पारिसकेको अनुभवी कम्पनी हो । यो कम्पनीले यसअघि भेरी बबई डाइभर्सन आयोजनाको सुरुङ खन्ने ठेक्का पाएको थियो । भेरी बबईको सुरुङ ४.२ मिटर गोलाइको थियो भने सुनेकाशी मरिणको ५.५ मिटर हुनेछ ।

यो आयोजनाबाट ३१ मेगावाट बिजुलीसमेत निकालिने छ ।

लागत कति ?

फिजिबिली अध्ययनका अनुसार यो आयोजनाको निर्माण लागत ८२ अर्ब रुपैयाँ अनुमान गरिएको छ ।  बिजुली तर्फ विद्युत् गृह, सुरुङ निर्माण लगायतमा ४६ अर्ब र सिँचाइतर्फ ३२ अर्ब निर्माण लागत अनुमान गरिएको छ । 

यसअघिः
अघि बढ्यो सुनकोशी मरिन डाईभर्जनको काम, यी हुन् डुबानमा पर्ने क्षेत्र

यो आयोजनाबाट प्रदेश नम्बर २ मा पिउने पानी पनि उपलब्ध गराउने लक्ष्य राखिएको छ । तराईमा बागमती नदीमा पानीको सतह क्रमशः घट्दै गएपछि रौतहट र सर्लाहीको खेतीयोग्य जमिनमा सिँचाइ समेत नहुने अवस्था आएपछि विकल्पका रुपमा सुनकोशी मरिण डाइभर्सन बहुउदेश्यीय आयोजना बन्न लागेको हो । सुनकोशीबाट मरिण उपत्यकामा पानी झारिएपछि त्यसमध्ये रौतहटका किसानलाई ४८ र सर्लाहीलाई ६४ क्युसेक पानी उपलब्ध हुनेछ ।

आयोजनाको निर्माण अवधि ५ वर्ष

यो आयोजनाको पूर्ण निर्माणको अवधि भने ५ वर्ष तोकिएको छ । सन्धुलीको खुर्कोट छेउमा सुनकोशीमा बाँध बाँधेर सुरुङमार्फत मरिण उपत्यकामा पानी लगिनेछ । अहिले बाँध बाँध्ने तथा विद्युत् गृह निर्माणको काम भइरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved