निर्माण क्षेत्रका महिलालाई जेसीबीको सम्मान, हेभी उपकरणको तालिम लिन चाहानेलाई छात्रवृत्ति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 09, 2021 | 03:26:13 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका लागि जेसीबी हेभि उपकरण तथा निर्माण उपकरणको आधिकारिक वितरक एमएडब्लु अर्थमुभर्सले निर्माण क्षेत्रमा सक्रिय महिलालाई सम्मान गरेर अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ । 

एमएडब्लु जेसीबीले निर्माण क्षेत्रमा सक्रिय महिलाको योगदानको कदर गर्दै हाइड्रो डेभलपर, कन्ट्रयाक्टर, अपरेटर र अथराइज्ड रिटेल आउटलेटका संचालक गरी १३ जना महिलालाई सम्मान गरेको हो । एमएडब्लु ग्रुप अन्तर्गतको एमएडब्लु फाउन्डेसनकी कार्यकारी निर्देशक तुलिका अग्रवालले उनीहरुलाई सम्मान गरेकी हुन् ।

सम्मान कार्यक्रममा सम्मानित महिलाले पुरुषको दबदबा रहेको निर्माण तथा हेभि उपकरण क्षेत्रमा वर्तमान अवस्थासम्म आइपुग्न सामना गरेका चुनौतीहरुबारे अनुभवसमेत आदान प्रदान गरेका थिए । 

‘पहिले पहिले साइटमा जाँदा आफू मात्र महिला हुने गथ्र्यो । आफैंलाई खिन्न लागेर आउँथ्यो,’ हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन प्रा. लि., प्लानिंग एन्ड बिजनेस अनालाइसिसकी भाइस प्रेसिडेन्ट अविज्ञा मल्लले भनिन्, ‘अहिले भने महिलाको सहभागिता बढिरहेको मैले पाएकी छु ।’

नेपालकै पहिलो जेसीबी–सर्टिफाइड महिला अपरेटर मुना घिमिरे श्रेष्ठले पनि साइटमा आफूलाई महिला भएकै कारणले धेरैले जेसीबी चलाउँछिन् भन्ने विश्वास नगरेको बताईन् । 

‘अहिले पनि मैले मेसिन चलाएको देखेर मानिसहरु अचम्म मानेर हेर्छन् । धेरै ठाउँमा तिमीले सक्दैनौ भनेर हेपिएको पनि छु,’ उनले भनिन् । 

कार्यक्रममा एमएडब्लु फाउन्डेसनकी कार्यकारी निर्देशक तुलिका अग्रवालले निर्माण क्षेत्रमा महिलाको सहभागिता बढाउने उद्देश्यले अपरेटर वा मेकानिकको तालिम लिन चाहने महिलालाई फाउन्डेसनले ६७ प्रतिशत छात्रवृत्ति दिने घोषणा पनि गरिन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved