२१० स्थानीय तहलाई केन्द्रसँग जोड्ने सडक निर्माणको शुभारम्भ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 14, 2021 | 01:24:24 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले २१० स्थानीय तहबाट केन्द्रसँग जोड्ने सडकको शुभारम्भ गरेका छन् । आइतबार भर्चुअल कार्यक्रममार्फत प्रधानमन्त्री ओलीले मूलुकका २१० स्थानीय तहलाई केन्द्रसँग जोड्ने पक्की सडक निर्माणको उद्घाटन गरेका हुन् ।

परियोजनाको उद्घाटन गर्दै प्रधानमन्त्रीले भने, ‘संघ, प्रदेश वा स्थानीय तहमा पक्की र सुरक्षित सडक निर्माणको काम सुरु भएको छ, अब बन्ने सडक दुर्घटना नहुने खालका बन्नेछन् ।’

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहसँग केन्द्र जोड्ने सडक निर्माण र मर्मतको प्रस्ताव माग गरेअनुसार ३९२ वटा स्थानीय तहले यस्तो प्रस्ताव पेश गरेका थिए । आएका प्रस्तावको अध्ययन गर्दा कतिपय भने दोहोरिने खालका भएकाले २१० वटा सडक छनोट भएको बताईएको छ । 

आयोजना कार्यान्वयनका लागि मन्त्रिपरिषद्‍बाट स्वीकृत गरिएको कार्यविधिमा १० किलोमिटरसम्मको सडक निर्माणका लागि केन्द्र सरकारले ६५ प्रतिशत, प्रदेश सरकारले १० प्रतिशत र स्थानीय तहले २५ प्रतिशत योगदान गर्नुपर्ने उल्लेख छ । १० देखि २० किलोमिटर सम्मका सडकमा केन्द्रले ७० प्रतिशत, प्रदेशले १० प्रतिशत र स्थानीय तहले २० प्रतिशत रकम योगदान गर्नुपर्नेछ ।

२० किलोमिटरभन्दा लामा सडकमा केन्द्र सरकारले ७५ प्रतिशत, प्रदेश सरकारले १० प्रतिशत र स्थानीय तहले १५ प्रतिशत योगदान गर्नेछन् ।

आज शुभारम्भ भएका २१० सडक निर्माणका लागि सरकारले चालु आर्थिक वर्षमा ५ अर्ब रूपैयाँ बजेट विनियोजन गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved