सातदोबाटोमा युरोपेली शैलीको हाउजिङः पाइपबाट ग्यास, पार्किङदेखि भान्छाको नो टेन्सन

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 24, 2021 | 03:17:56 PM मा प्रकाशित

laxmi  sunrise bank

मानिसहरु आफ्नो काममा निखारता ल्याउन पृथक पृथक सोच अँगाल्छन् । गरिरहेको काममा सन्तुष्टि नमिलेपछि काम गर्ने शैली बदल्छन् । यस्तै भयो ‘अर्बन प्लानर’ विपिन गैरेलाई पनि ।

अर्बन प्लानर भएको नाताले उनी सुन्दर शहर निर्माण गर्न चाहन्छन् । तर, नेपालको विगतको अभ्यास, योजना विहिन शहरीकरणको प्रभाव र जग्गा धनीहरुको सङ्कीर्ण सोचका कारण विपिनले सोचेजस्तो सुन्दर शहर अझै बनाउन सकेका छैनन् । 

हालसम्म २५० घर निर्माण गरिसकेका उनी सुन्दर घरहरु बनाएर शहरलाई नै सुन्दर बनाउने हुटहुटीबाट पछि फर्किन सकेनन् । जसको फलस्वरुप जन्मियो ‘अर्बन स्पेस’ । विपिन अर्बन स्पेसको संस्थापक हुन् ।

पर्खाल हटाउने अभियान

७ वर्षदेखि हाउजिङ डेभलपरको काम गर्दै आएका विपिन अर्बन स्पेस नेपालकै पहिलो पटक भएको दाबी गर्छन् । थोरै जग्गामा धेरै मानिसहरुलाई सुविधायुक्त ढंगबाट बसोबास गराउने उनको लक्ष्य अनुसार जन्मिएको अर्बन स्पेसले ललितपुरको सातदोबाटोमा चिटिक्कको हाउजिङ परियोजना बनाउँदैछ ।

‘मैले अहिलेसम्म २५० घर बनाए तर, चित्त बुझेन’ गैरे भन्छन्, ‘त्यसैले पाइलट प्रोजेक्टको रुपमा सुन्दर १२ वटा घरहरु सहितको हाउजिङ बनाउँदैछौँ, यसले नेपालको हाउजिङ क्षेत्रमा फरकपनको आभाष गराउने छ ।’

एक घरदेखि अर्को घरको बीचमा लगाईने पर्खाल हटाएर बन्ने यो परियोजनाले घर घरबीचको मात्रै नभई सामाजिक, मानसिक र अन्य सबै खालका पर्खाल तोड्ने उनको विश्वास छ । 

‘हामीले बाउण्ड्री हटाउने अभ्यास सुरु गर्दैछौँ’ उनी भन्छन्, ‘यसले केवल एउटा घरदेखि अर्को घर सम्मको पर्खाल मात्रै होइन, सामाजिक, मानसिक पर्खाल पनि तोड्ने छ ।’

पछाडी पट्टि लगाउने पर्खाल हटाउँदा हाउजिङ भित्रका घर (११ घर) मा बस्ने सबैले सबैलाई प्रत्यक्ष रुपमा छिमेकी स्वीकार गर्न सक्ने छन् । ८ आनाको खुला ठाउँ भएकाले सबै घरका मानिसहरु खाली ठाउँ जति सबैमा हिडडुल गर्न पाउने छन् ।

घर भविष्यका लागि

घर भनेको सुन्दर र बलियो पनि हुनुपर्छ भन्ने मान्यता पूरानै हो । तर, आफ्नो जग्गामा बिना योजना घर बनाउने हाम्रो परम्पराका कारण घरहरु सुन्दर हुँदैनन् । एकै खालका घर नहुने भएकाले सुन्दरता मासिदै जाँदा शहर कुरुप बन्दै गएका छन् । 

यसैलाई ध्यानमा राखेर अर्बन स्पेसले एकै मोडलका र एउटै क्षेत्रफलका घर बनाउन लागेको हो । यसले समान आर्थिक हैसियत, समान सामाजिक प्रतिष्ठा र हामी सबै बराबर हौँ भन्ने मानसिकताको विकास गर्ने विपिनको दाबी छ ।

त्यसैले आजभन्दा आउने १० वर्ष २० वर्ष लागि हेरेर घर बनाउनुपर्ने उनी बताउँछन् । घर केवल घाम पानी छेक्ने छानो मात्रै नभई प्रतिष्ठासँग जोडिएको सम्पत्तिसँगै वर्षौसम्म टिक्ने हुनुपर्ने विपिनको बुझाई छ । 

‘घर ओत मात्रै होइन, चिटिक्क परेको वर्षौ टिक्ने, पाहुना आउँदा पनि व्यवस्थित रुपमा राख्न सकिने खालको हुनुपर्छ’ विपिन भन्छन् । 

यी काम डेभलपरले नै गर्नुपर्ने भएपनि जग्गाको भाउका कारण गर्न नसकिएको उनले स्वीकार गरेका छन् । 

‘घरका कारण घरधनीले चिन्ता लिन नपरोस्’

घर तयार भइसकेपछि घरधनीले व्यवस्थापन, भान्छा लगायत सबैतिरको टेन्सन बोक्नुपर्ने हाम्रो परम्परागत बाध्यता हो । तर विपिनले यसलाई ठूलो कुरो नभएको र सबै डेभलपरले नै व्यवस्थापन गरिदिन सक्ने बताएका छन् । 

ग्याँस सकियो, पानी सकियो, गर्मीमा घरभित्र ज्यादै गर्मी बढ्यो, जाडोमा कोठामा घाम छिरेन, छिमेकीको झगडाले डिस्टर्ब गर्यो, पाहुना आउँदा पार्किङ छैन, बालबच्चा खेल्ने खुला ठाउँ छैन, ढलको व्यवस्थापन भएन जस्ता कुराहरु घर धनीका लागि निकै सास्तीका विषय बन्छन् । तर, विपिनले योजना बनाएर निर्माण सुरु हुन लागेको अर्बन स्पेस हाउजिङमा यी कुनै पनि विषय घरधनीको चिन्ताको विषय बन्दैनन् ।

किनकी, पाइपलाइनमार्फत चुल्होमै २४ सैँ घण्टा ग्यास उपलब्ध हुन्छ । पानी पनि २४ सैँ घण्टा उपलब्ध हुन्छ । ट्यांकी खाली भएपछि आफैँ मिटर चल्ने र भरिएपछि आफैँ बन्द हुने स्वचालित प्रणाली जडान हुनेछ । बिलको आधारमा एकमुष्ट पैसा तिर्न सकिने व्यवस्था हुनेछ ।

युरोपियन स्ट्यान्डर्डमा बन्ने यो हाउजिङ परियोजना भित्र बन्ने १२ घरमध्ये ११ वटा मानिसहरु बस्ने र एउटा सर्भिस ब्लक हुनेछ । हाउजिङ भित्रका ११ घरका सबै आवश्यकता सोही सर्भिस ब्लकमार्फत पूरा गरिने छ ।

जाडो याममा घरलाई न्यानो राख्न सेन्ट्रल हिटिङ प्रविधिको प्रयोग गरिनेछ । यो जडान भएपछि गर्मीमा एसी र जाडोमा हिटर चाहिँदैन । कति तातो बनाउने भन्ने  आफैँले कन्ट्रोल गर्न सकिन्छ ।

‘ठाउँ जोगाउनुपर्छ, अलिकति भएको खाली ठाउँको पनि प्रयोग गर्नुपर्छ भन्ने सन्देश दिन हामीले यसो गर्न लागेका हौँ’ विपिनले भने, ‘हाम्रो जग्गा त थोरै छ, यो तन्काउन न मिल्दैन, त्यसैले जति सकिन्छ यसैलाई व्यवस्थित गर्न सकियो भने अहिले एउटा सुन्दर टोल छिमेक बनाउँदै भविष्यमा सुन्दर शहर बनाउन सकिन्छ ।’

अर्बन स्पेसले बनाउने हरेक घर दुबैतिर फर्किएका हुनेछन् । यसले कता फर्किएको घरमा बस्दा राम्रो हुन्छ भन्ने वास्तु हेराउनेहरुका लागि पनि समस्या हुनेछैन । ३ आनामा प्रत्येक घरमा २ वटा कार पार्किङ गर्न सकिने क्षमता हुनेछ । ३.५ तल्लाका हुने घरका कुनै पनि सदस्य खाली ठाउँ (८ आना) भरी निर्वाध रुपमा हिडडुल गर्न सक्ने छन् । यसको अर्थ ३ आनामा नभई ११ आनामा बसेको जस्तो अनुभव प्राप्त हुनेछ । 

स्तरीय कोठा 

हरेक २ घरको बीचमा पर्ने गरी सीसी क्यामेरासहित फायर फाइटिङ जडान गरिएको छ । यसले सुरक्षामा निकै ठूलो सघाउ पुग्नेछ । 

‘३ आनामा घर बन्छ, त्यो लालपुर्जासहितको सम्पत्ति व्यक्तिको नाममा रहन्छ, बाँकी राखिएको घरहरुबीचको ८ आना जग्गा चाँहि साझा हुन्छ’ विपिनले भने ।

घरमा किचन, डाइनिङबाहेक ४ वटा बेडरुम हुनेछन् । बेडरुम पिच्छे ४ बाथरुम र एउटा साझा प्रयोगका लागि गरी हरेक घरमा जम्मा ५ वटा बाथरुम बनाईनेछ । 

‘हामीले एउटा स्तरीय घरको लागि चाहिने सबै आवश्यकता पूरा गर्ने गरी डिजाइन गरेका छौँ’ उनले भने ।

मूल्य कति ?

कम्पनीले घरको बुकिङ खुल्ला गरेको छ । बैशाखबाट निर्माण हुने परियोजनाको अहिले १० प्रतिशत रकम दिएर बुकिङ गर्न सकिने छ । एउटा घरको सुरुवाती मूल्य ३ करोड ६० लाख छ । 

विपिनले आगामी २ देखि ३ वर्षभित्र ३ सयको संख्यामा घरहरु रहने गरी यही मोडलको हाउजिङ बनाउँदैछन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved