१६ तला सम्मका भवन बनाउन पाइने मापदण्ड लागू, ५ तलादेखि लिफ्ट अनिवार्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2021 | 12:58:33 PM मा प्रकाशित

laxmi  sunrise bank

बुटवल उपमहानगरपालिकाले नयाँ भवन निर्माण मापदण्ड लागू गरेको छ । नयाँ मापदण्ड अनुसार अब बुटवल उपमहानगर क्षेत्रभित्र १६ तला सम्मका भवन बनाउन पाईने भएको छ । 

भवन निर्माण सम्बन्धी मापदण्ड, २०७७ लागू गर्दै उपमहानगरले बहुतले भवन निर्माणको बाटो खोलिदिएको हो । यसअघिको मापदण्ड अनुसार उपमहानगर क्षेत्रभित्र १० तला सम्मका भवन मात्रै बनाउन पाइने व्यवस्था थियो । नयाँ मापदण्ड उपमहानगरका १९ वटै वडामा लागू हुने उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताए । 

लिफ्ट अनिवार्य

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २७, ४३ र ४४ ले दिएको अधिकार प्रयोग गरी शहरी विकास मन्त्रालयको भवन निर्माण मापदण्डभित्र रहेर उपमहानगरपालिकाले भवन निर्माण सम्बन्धी नयाँ मापदण्ड बनाएको हो ।

नयाँ मापदण्ड अनुसार अब पाँच तल्लादेखि १६ तल्लासम्मका भवनहरूमा लिफ्ट अनिवार्य राख्नुपर्ने छ । ९ देखि १६ तलासम्मका हाइराइज बिल्डिङहरुमा कम्तिमा दुई वटा लिफ्ट राख्नुपर्ने छ । भवन बनाउनुपूर्व अनिवार्य माटो परीक्षण गराउनुपर्ने छ ।

उपमहानगरले मापदण्ड मात्रै बनाएको नभई अग्ला भवन निर्माणका लागि सबै वडाका सम्भावित क्षेत्रको भौगर्भिक अध्ययन गरेर निश्चित क्षेत्रसमेत तोकिदिएको छ । खानी तथा भूगर्भ विभागले निषेध गरेका क्षेत्रमा भने भवन बनाउन पाइने छैन ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved