निर्माण नसक्दै भत्कियो त्रिशुली नदीमाथिको पुल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 06, 2021 | 09:41:30 PM मा प्रकाशित

laxmi  sunrise bank

चितवन र तनहुँ जोड्ने त्रिशुली नदी माथि निर्माणाधीन अवस्थामा रहेको पुल भत्किएको छ । चितवन भरतपुर महानगरपालिका को वडा नम्बर एकको ठीमुरा र देवघाट गाउँपालिका वडा नम्बर पाँच घिनटार जोड्ने २२० मिटर लामो र ८.५ मिटर चौडाइको सो पुलको ८० मिटर लम्बाई भाग भत्किएको हो । 

इलाइट, एड्भेन्चर र इन्द्रेणी जेभी गरी तीन कम्पनी मिलेर बनाउँदै गरेको पुल ढलान गरेको २१ दिनको दिनमा आज भत्किएको कार्यालयका प्रमुख कृष्ण अधिकारीले जानकारी दिए । 

उनका अनुसार प्रिस्टेसिङका क्रममा रहेको ४० मिटरको पुल भत्किँदा अर्को बनिसकेको ४० मिटर भाग समेत भत्किएको हो । ट्रसको काम गर्ने क्रममा २१ दिनमै ढलान मा धक्का पुगेकाले पुल भत्किएको हुन सक्ने अनुमान गरिएको छ ।

सुरुमा १६ करोडको लागतमा ठेक्का सम्झौता भएको भए पनि पुलको डिजाइन ‘रिभ्यू’ गरेर २१ करोड ६८ लाख पुर्याइएको थियो ।  २०७१ कात्तिक २० गते ठेक्का सम्झौता भई शिलान्यास गरिएको पुल २०७४ कात्तिक २० गते भित्र बनाइ सक्नुपर्ने तर डिजाइन संशोधनको नाममा करिब एक वर्ष काम रोकी दुई दुई पटकसम्म म्याद थप गरिएको भएपनि पुल समयमा निर्माण गर्न ठेकेदार कम्पनी असफल भएको छ । पुलको सम्झौता अवधि पुस १३ गते सकिएको थियो।

कोरोना भाइरसको संक्रमणलाई देखाउँदै फेरि म्याद थप गरिएपनि निर्माण सम्पन्न नहुँदै पुल भत्किएपछि यो पुल कहिले सम्पन्न हुन्छ, त्यो अनिश्चित बनेको छ। यता सडक डिभिजन भरतपुरका प्रमुख अधिकारीले भने तत्काल फोहर हटाई निर्माणको कामलाई निरन्तरता दिने बताए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved