तिलोत्तमामा बन्दै गरेको हाउजिङमा घर बुकिङ गर्दा कार जित्ने अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 14, 2021 | 06:48:34 PM मा प्रकाशित

laxmi  sunrise bank

रुपन्देहीको तिलोत्तमामा निर्माणाधिन आवास परियोजना ‘तिलोत्तमा होम्स’ मा घर बुकिङ गर्नेहरुका लागि डेभलपरले अफर ल्याएको छ । लुम्बिनी अष्टदीप मल्टिनेशनल प्रा.लि.ले नयाँ वर्षमा घर बुकिङ गर्नेहरुका लागि अफर ल्याएको हो । 

६ विगाहा क्षेत्रफलमा बन्दै गरेको आवास विकास परियोजनामा घर बुकिङ गर्नेहरुलाई नयाँ वर्षको अवसरमा कार उपहार पाउने भएका छन् । वैशाख १ देखि सुरु हुने अफर पहिलो ३० वटा घर बुकिङ गर्नेहरुमध्ये एक जनाले ५० लाख मूल्य बराबरको कार गोलाप्रथाबाट पाउने छन् । 

अर्को एक जना बुकिङकर्ताले ३५० सिसीको बुलेट मोटरसाइकल र थप अर्को एक जनाले भेस्पा स्कुटर प्राप्त गर्ने छन् । 

कम्पनीका मार्केटिङ प्रमुख सुदिप ढकालका अनुसार अफर ल्याएपछि अब वैशाख महिनाभित्रै सबै घर घर बुकिङ हुने विश्वास कम्पनीको छ । कम्पनीले पहिलो चरणमा ३० वटा घर निर्माण गरिरहेको छ । 

जग्गा र घरको क्षेत्रफलको आधारमा समूह ए मा ४२ वटा समूह बी मा ६७ वटा घर बन्दैछन् । समूह ए मा पर्ने घरको क्षेत्रफल १५ धुर र भवन २ हजार ९ सय स्क्वायर फुट (बिल्ड अप एरिया) र समूह बी मा पर्ने घरको क्षेत्रफल १० धुर र भवन २ हजार २ सय स्क्वायर फुट (बिल्ड अप एरिया) मा रहने छन् । 

सुविधा के ?

परियोजनास्थल कम्पाण्ड भित्र सबै घरपरिवारले उपयोग गर्न मिल्नेगरी अत्याधुनिक कमर्शियल कम्प्लेस, सामुदायिक भवन, ब्याडमिन्टन कवर्ड हल, बास्केटबल कोर्ट, स्वीमिङ्ग पुल, चिल्ड्रेन्स पार्क, जिमखाना, मन्दिर, हेल्थ क्लव, रेष्टुरेन्ट, सैलुन, ब्युटीपार्लर लगायतका सबै पूर्वाधार रहनेछन् । आवास परियोजना स्थलभित्र मुख्य बाटो २६ फुट र सहायक बाटो २४ फुटका रहनेछन् । 

परियोजना भित्र बन्ने घरहरु भूकम्प प्रतिरोधात्मक हुनेछन् । ढल निकास, खानेपानी व्यवस्थापन, टेलिफोन, विद्युत जस्ता पूर्वाधार पनि बन्नेछन् । 

मूल्य कति ?

समूह ए का घरको सूचीकृत मूल्य २ करोड ५० लाख र समूह बी का घरको सूचीकृत मूल्य १ करोड ७५ लाख तोकिएको छ  

२ अर्ब बढी लागत लाग्ने अनुमान गरिएको यो परियोजनामा सेञ्चुरी कमर्शिल बैंकले लगानी गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved