बैशाख ११ गते उद्घाटन हुने धरहरा सर्वसाधारणका लागि कहिले खुल्छ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 19, 2021 | 06:41:50 PM मा प्रकाशित

laxmi  sunrise bank

धरहराको निर्माण कार्य द्रूत गतीमा भईरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बढी चासो दिएको विकासे आयोजनाको रुपमा समेत लिईने धरहराको टावर करिब करिब ‘फिनिसिङ’ भईसकेको छ ।

२२ तल्लाको धरहराको टुप्पोमा राखिएको गजुरमा सुनको जलप लगाइएको छ । भूकम्पले भत्किएको पहिलाको धरहराको भग्नावशेषबाट निकालिएको २० तोला पुनःप्राधिकरणले किनेको ७५ तोला गरी ९५ तोला सुन धरहराको गजुरमा जलपको रुपमा प्रयोग गरिएको छ ।

टावरको बैशाख ११ गते प्रधानमन्त्री स्वयम्ले उद्घाटन गर्ने भएका छन् । टावरको परिसरमा अन्य संरचनाको निर्माण कार्य जारी छ । अहिले नै सबै संरचना बनि नसक्ने भएपनि टावरकै मात्र भएपनि उद्घाटन गर्ने ओलीको चाहना छ । सोही अनुसार पुनःनिर्माण प्राधिकरणले तयारी पनि अन्तिम चरणमा पुर्याएको छ ।

सर्वसाधारणले कहिले चढ्न पाउँछन् ?

अहिले टावरको उद्घाटन हुने भएपनि सर्वसाधारण भने सबै भौतिक संरचना तयार भएर निर्माण कम्पनीले प्राधिकरणलाई हस्तान्तरण गरेपछि मात्रै प्रवेश गर्न पाउने छन् । यसको अर्थ निर्माण कम्पनी र प्राधिकरणबीच निर्माण सम्पन्न गर्ने अन्तिम अवधि पश्चात मात्रै सर्वसाधारणले धरहरा चढ्न पाउने छन् ।

निर्माण कम्पनी र प्राधिकरणबीच २०७८ पुस १० गतेसम्म काम सक्ने गरी सम्झौता भएको छ । यो अवधि अझै ८ महिना बाँकी छ । 

पुसमा निर्माण कम्पनीले निर्माणको काम सकेर हस्तान्रण गर्ने र प्राधिकरणले प्राविधिक परीक्षण गरेर पास गरेपछि मात्रै सर्वसाधारणका लागि खुला गरिने छ । धरहरा प्रवेश गर्दा नागरिकले पालना गर्नुपर्ने नियम बनाएपछि मात्रै उनीहरुका लागि खुला गरिने प्राधिकरणले बताएको छ ।

पुनःर्निर्माण प्राधिकरणले हाल धरहरा निर्माणको काम ९८ प्रतिशत सकिएको दाबी गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved