काठमाडौं–कुलेखानी–हेटौँडा सडक जेठ २५ सम्म बन्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 23, 2021 | 11:19:20 AM मा प्रकाशित

laxmi  sunrise bank

संघीय राजधानी काठमाडौँलाई बागमती प्रदेशको राजधानी हेटौँडा जोड्ने छोटो दुरीको सडकमार्ग काठमाडौं–भीमफेदी–कुलेखानी सडक जेठ २५ गतेसम्मका लागि बन्द हुने भएको छ । आज बैशाख १० बाट जेठ २५ सम्म सडक स्तरोन्नतिका लागि बन्द हुने भएको हो ।

सडक स्तरोन्नतिका लागि जेठ २५ गतेसम्म यातायात सञ्चालनमा पूर्णरुपमा रोक लगाइएको यातायात पूर्वाधार विकास निर्देशनालय बागमती प्रदेश हेटौँडाले जनाएको छ ।

यसअघि पनि मर्मतका लागि दुई महिना बन्द रहेको काठमाडौं–कुलेखानी–हेटौँडा सडक १ महिना अगाडीबाट सञ्चालनमा आएको थियो । सडक स्तरोन्नती र ढलान तथा कालोपत्रेको काम सेकर सञ्चालनमा आएपनि केही स्थानमा कालोपत्रेको काम बाँकी रहेकाले त्यसलाई पूरा गर्न पुनः मर्मतका लागि बन्द गरिएको बागमती प्रदेश यातायात पूर्वाधार निर्देशनालयले जनाएको छ ।

यसअघि भीमफेदी–कुलेखानी–हेबीचौरसम्म पुरानो सडक चौडा बनाएर ढल तथा पर्खाल निर्माण गरिएको थियो । हाल मदनभण्डारी राजमार्गअन्तर्गत पर्ने सिस्नेरीदेखि काठमाडौँको दक्षिणकाली जोड्ने सडक मर्मतको काम पनि भइरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved