वालिङ बन्यो स्मार्ट सिटीको खाका तयार गर्ने मूलुककै पहिलो नगरपालिका

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2021 | 10:20:15 AM मा प्रकाशित

laxmi  sunrise bank

देशभरका नगरपालिकाहरुमध्ये उत्कृष्ट नगरपालिका घोषित भएको स्याङ्जाको वालिक नगरपालिका स्मार्ट सिटीको खाका तयार पार्ने मूलुककै पहिलो नगरपालिका बनेको छ । वालिङ नगरपालिकाले स्मार्ट सिटीको मोडालिटी कस्तो बनाउने भन्ने बारेमा निर्वाचित जनप्रतिनीधिहरु र स्थानीय बुद्धीजीवीको उपस्थितिमा बैठक राखेर खाका बनाएको छ ।

सरकारले घोषणा गरेका १३ सहरमा परेको स्याङ्जाको वालिङले आफ्नो क्षेत्रमा बन्ने स्मार्ट सिटीको खाका आफैँले बनाएको हो । यसलाई देशैभरका नगरपालिकाहरुले सिक्नुपर्ने पाठका रुपमा लिईएको छ ।

चार वटा मापदण्ड

वालिङ नगरपालिकाका प्रमुख दिलीप प्रताप खाँणका अनुसार स्मार्ट सिटीका बारेमा चार वटा मापदण्ड तोकिएका छन् । स्मार्ट इकोनोमी, स्मार्ट गभर्नेन्स, स्मार्ट सिटीजन र स्मार्ट इन्फ्रास्ट्रक्चर गरी ४ मापदण्ड तय भएका छन् । 

क) ग्रामीण उत्पादनलाई प्राथमिकता दिने गरी स्थानीय उत्पादनहरूको बजारीकरण नगरपालिकाले नै गरिदिने ।

ख) किसानका उत्पादन नगरपालिकाले नै खरिद गरिदिने । स्थानीय उत्पादकबाट लिइएको करलाई सिड मनीमा लगानी गर्ने । 

ग) मानिसहरूलाई वैचारिक बहसमा पोख्त बनाउन नगर क्षेत्रभिका नागरिकको चेतनास्तर बृद्धि गर्ने कार्यक्रम सञ्चालन गर्ने ।

घ) स्मार्ट गभर्नेन्स अनुसार नगरपालिकालाई प्रविधिमैत्री बनाउने, स्थानीय निकायबाट दिइने हरेक सेवासुविधाहरु डिजीटलाइज्ड गर्ने, स्थानीय प्रशासनले दिने सेवा अनलाइन प्रणालीमार्फत दिईने ।

ङ) स्मार्ट इन्फ्रास्ट्रक्चर अन्तर्गत भूकम्प प्रतिरोधी घरहरू, डिजिटल नक्सा, स्तरीय सडक पूर्वाधार, सुविधा सम्पन्न हस्पिटल आदिको व्यवस्था ।

सबै दल, सबै वर्ग र समुदायका प्रतिनिधि राखेर उनीहरुको सबैको अपनत्व हुने गरी स्मार्ट सिटीको खाका बनाइएकाले आगामी दिनमा जुनसुकै दलको सरकार आएपनि यो काम सर्वस्वीकार्य हुने मेयर दिलीपप्रताप खाणको दाबी छ ।

समयमै दिगो विकासका लक्ष्यहरू हासिल गर्न दिगो सहर विकासको अवधारणालाई अघि बढाइएको उनको भनाई छ । 

सन् २०३० सम्ममा नगरपालिकाले दिगो विकासका लक्ष्यहरू हासिल गरिसक्ने दाबी गर्दै मेयर खाण भन्छन्, ‘अबको ८ वर्षमा बेसिक सिटी, स्मार्ट भिलेज र अबको १२ वर्षमा वालिङलाई सस्टेनेबल सिटी बनाइनेछ ।’

विद्युतीय हस्ताक्षर लागू गर्ने दोस्रो नगर

नगरपालिकामा डिजिटल हस्ताक्षर, जी क्लाउड, इनोभेसन ल्याब, ई–सिफारिस लगायत प्रविधिगत अभ्यास गरिएका छन् । वालिङ नगरपालिकाले विद्युतीय हस्ताक्षर (डिजिटल सिग्नेचर) लागू गरेको छ । देशभरिमा काठमाडौँ महानगरपालिकापछि डिजिटल हस्ताक्षर लागू गर्ने दोस्रो नगरपालिका पनि वालिङ नै हो ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved