बजेट कार्यान्वयन गर्न तालिका नै बनाएका छौँः मन्त्री नेम्वाङ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 02, 2021 | 05:41:59 PM मा प्रकाशित

laxmi  sunrise bank

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन गर्न कार्ययोजना बनाउने काम थालिसकिएको बताएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै मन्त्री नेम्बाङले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटमा मन्त्रालयको क्षेत्राधिकार भित्र परेका कार्यक्रमलाई विशेष प्राथमिकता दिईएको बताएका हुन् । 

बजेटले समेटेका आयोजनाहरुलाई समयमै सम्पन्न गर्न बजेट कार्यान्वयन तालिका नै बनाएर अर्थ मन्त्रालयमा पेश गरिएको मन्त्री नेम्वाङको भनाई छ । बजेट कार्यान्वयनमा केही नीति स्पष्ट नहुँदा भा्रतिक पूर्वाधार निर्माणको काममा ढिलाई हुने गरेतर्फ मन्त्रालय सचेत रहेको भन्दै उनले नीतिगत समस्या समाधान गर्दै लगिने बताए । 

आगामी आर्थिक वर्षको बजेटले पूर्व–पश्चिम राजमार्ग, उत्तर–दक्षिण करिडोर, रेल मार्ग, सुरुङ मार्ग, फ्लाइ ओभरलगायत आयोजनाहरुलाई प्राथमिकता दिएकाले सबै आयोजनाहरुको काम द्रूत गतीमा गरिने मन्त्री नेम्वाङको दाबी छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved