रेल विभागको महानिर्देशकमा दीपक भट्टराई नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 04, 2021 | 05:51:31 PM मा प्रकाशित

laxmi  sunrise bank

रेल विभागको महानिर्देशकमा दीपक भट्टराई नियुक्त भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्री स्तरीय निर्णय गर्दै भट्टराईलाई विभागको महानिर्देशकमा नियुक्त गरेको हो । 

यसअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको योजनामा महाशाखाका प्रमुख रहेका उनले नियुक्त भएकै दिन आज आइतबारै पदभार ग्रहण गरेका छन् । 

विभागकी महानिर्देशक प्रमिला बज्राचार्यको बढुवा भएर खानेपानी मन्त्रालयको सचिव भएपछि भट्टराईलाई रेल विभागमा पुगेका हुन् । 

सडक विभागको सहायक इन्जिनियरका रुपमा भट्टराई २०४७ सालमा सरकारी सेवामा प्रवेश गरेका भट्टराई अनुभवी कर्मचारीका रुपमा चिनिन्छन् । २०६४ सालमा उपसचिवमा बढुवा भएका उनी २०७४ सालमा सहसचिवमा बढुवा भए । 

दुई वर्ष सडक विभागको पुल महाशाखाको प्रमुख भएर काम गरेका उनी करिब ६ महिना अघि मात्रै मन्त्रालयको योजनामा महाशाखामा गएका थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved