भैंसेपाटीमा ठडिए मन्त्री क्वाटरसहित २७ भीआईपी भवन, को को बस्छन् ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 08, 2021 | 10:43:22 AM मा प्रकाशित

laxmi  sunrise bank

ललितपुरको भैंसेपाटीमा मन्त्री निवास (क्वाटर) को भौतिम संरचना उभ्याउने काम सकिएको छ । भौतिक संरचना उभ्भिएसँगै अहिले रंगरोगन, सजावट, विद्युतीकरण लगायतको इन्टेरियर डेकोरेशनको काम भईरहेको छ ।

मन्त्री क्वाटरसहित भैंसेपाटीमा २७ आवासीय भवन बनेका छन् । जसमध्ये २४ भवन मन्त्री क्वाटर, र बाँकी ३ भवन राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष र सभामुखका लागि छन् । 

क्षेत्रफल कति ?

सहरी विकास मन्त्रालय अन्तर्गतको भवन निर्माण विभागले बनाईरहेको सुविधा सम्पन्न मन्त्री क्वाटर ९६ रोपनी १० आना क्षेत्रफलमा फैलिएको छ । १२ रोपनी क्षेत्रफलमा आवासीय भवन, ११ रोपनी क्षेत्रफलमा हेल्थ क्लब, ३८ रोपनी क्षेत्रफलमा हरियाली (ग्रिनरी) र २१ रोपनीमा आवास परिसरभित्र आन्तरिक सडक बनाइँदैछ ।

७ रोपनीमा कम्युनिटी हल र २ रोपनीमा ग्रोसरी स्टोर बनाइने यो परियोजनामा हेलिप्याड, स्वीमिङ पुल, सुरक्षाकर्मीको आवास, बहुउद्देश्यीय सभाहल पनि बन्नेछन् । 

मल्लकालीन शैलीमा निर्माण गरिएका मन्त्री क्वाटरको भुइँ तलामा वेटिङ रुम, सभाहल र सचिवालय हुनेछ भने पहिलो तलामा परिवारको सयन कक्ष रहनेछ । दोस्रो तलामा मन्त्री आफन्त तथा पाहुना आउँदा बस्न मिल्ने गरी व्यवस्थापन गरिएको छ । 

इन्टेरियर डेकोरेशनको काम चाँडै सक्ने लक्ष्य भवन विभागको छ ।

प्रदेश प्रमुख र मुख्यमन्त्री क्वाटर पनि

भैंसेपाटीमै २७ रोपनी १२ आना क्षेत्रफलमा प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि पनि आवासीय कोलोनी पनि बनिरहेको छ । ७ प्रदेशका ७ प्रदेश प्रमुख र ७ मुख्यमन्त्रीका लागि सुविधा सम्पन्न भीआईपी कोलोनी बनिरहेको हो ।

प्रदेशैपिच्छेका लागि फरक फरक गरी ७ वटा ब्लक बन्दैछन् । हरेक ब्लकमा साढे दुई तलाका २ वटा सुविधा सम्पन्न बंगला बन्नेछन् । प्रत्येक ब्लकको एउटा बंगला मुख्यमन्त्रीका लागि र अर्को बंगला प्रदेश प्रमुखको निवासका लागि बनाउन लागिएका हुन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved