धापाखेलमा चौधरी ग्रुपको साढे २ तल्ले ‘लेक भ्यू’ हाउजिङ, मूल्य कति ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 15, 2021 | 10:45:04 AM मा प्रकाशित

laxmi  sunrise bank

रियलस्टेट व्यवसायमा चौधरी ग्रुप आक्रामक रुपमा लागेको छ । काभ्रेको पनौतीमा १११ रोपनी क्षेत्रफलमा २२० घरसहितको ‘सीजी भिलेज’ बनाउन सुरु गरेको चौधरी ग्रुपको सिजी होल्डिङ्सले ललितपुरको धापाखेलमा हाउजिङ परियोजनाको कामलाई तीव्रता लिएको छ ।

निषेधाज्ञाका कारण सुस्त भएको यो हाउजिङ परियोजना ‘सीजी लेक भ्यू’ को काम अहिले तीव्र गतिमा भईरहेको छ । काठमाडौँ उपत्यका भित्र ठूला हाउजिङ परियोजना खासै आउन नसकेको अवस्थामा चौधरी समूहले धापाखेलमा निर्माण सुरु गरेको लेक भ्यू हाउजिङ परियोजना चाँडै सक्ने लक्ष्य लिएको छ ।

परियोजना निर्माणको कामले तीव्रता पाएको भएपनि कम्पनीले बुकिङ भने खोलेको छैन । २ चरणमा निर्माण सक्ने लक्ष्यका साथ काम भईरहेको र पहिलो चरणको दुई तिहाई काम सकिएपछि बुकिङ खोल्ने सीजी होल्ङ्सिले जनाएको छ । 

सुरुमा ४८ रोपनी ११ आना क्षेत्रफलमा ८७ वटा घरहरु बन्नेछन् । कुल ७७ रोपनी क्षेत्रफलमा फैलने यो परियोजनामा न्युनतम् ४ देखि ११ आना सम्मका घरहरु बन्नेछन् । साढे २ तल्लाका हुने घरहरु २५ सय वर्गफीटदेखि ३५ सय वर्गफीटसम्म फैलने छन् ।

बाहिरका डिजाइन एकै हुने भएपनि घरका भित्रि डिजाइन भने ८ प्रकारका हुने छन् ।

कति छ घरको मूल्य ?

तत्काल बुकिङ नखोलेको भएपनि सीजी होल्डिङ्सले ३ वर्षभित्र पहिलो चरणको परियोजना सक्ने लक्ष्य लिएको छ । घरको मूल्य भने तय भईनसकेको कम्पनीले जनाएको छ । 

२०७७ को फागुनबाटै यो परियोजना निर्माणको काम सुरु भएपनि वैशाख देखिको निषेधाज्ञाका कारण काम प्रभावित भएको थियो । तर, निषेधाज्ञा खुकुलो भएसँगै पहिलो चरणमा बन्ने ८७ वटा घर निर्माणको कामलाई कम्पनीले तीव्रता दिएको छ । 

दोस्रो चरणमा कति घर बन्नेछन् भन्ने टुंगो भईसकेको छैन ।

के के छन् विशेषता ?

यो हाउजिङ परियोजनाभित्र स्वीमिङ पुल, हेल्थ क्लब, वाकिङ ट्रयाक जस्ता सुविधा उपलब्ध हुने छन् । परियोजना छेवैमा खाली सरकारी जग्गा पनि भएकाले परियोजनामा घर किनेर बस्नेहरुले खुला र स्वच्छ वातावरणको आनुभव लिन सकिने छ ।

परियोजनाभित्र ६ देखि ८ मिटर चौडाईका फराकिला सडक हुनेछन् । पर्याप्त खुला ठाउँ, स्टोर, हरेक घरमा पार्किङ जस्ता विशेषता परियोजनाभित्र रहने सीजी प्रोपर्टिजले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved