एमसीसी परियोजनाको लागि अधिग्रहण गरेको जग्गाबारे आयोजनाले दियो प्रष्टीकरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 16, 2021 | 07:06:47 PM मा प्रकाशित

laxmi  sunrise bank

 मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी) आयोजना अन्तर्गत अधिग्रहण गरिएको जग्गाका सम्बन्धमा एमसिए–नेपाल विकास समितिले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।नेपाल सरकारको लगानी र मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी) को अनुदान सहयोगमा एमसिए–नेपाल विकास समितिले नुवाकोटको बेलकोटगढी नगरपालिका–७ स्थित रातमाटेमा निर्माण गर्न लागेको रातमाटे विद्युत् सब–स्टेसनका लागि अधिग्रहण गरिएको जग्गाका सम्बन्धमा केही सञ्चार माध्यममा आएका समाचारप्रति एमसिए–नेपाल विकास समितिले ध्यानाकर्षण भएको जनाएको हो ।

समितिले उक्त विद्युत् सब–स्टेसनका लागि आवश्यक ३९८ रोपनी जग्गा अधिग्रहण नेपालको जग्गा प्राप्ति ऐन, २०३४ अनुसार गरिएको उल्लेख गरेको छ । भविष्यमा नेपाल विद्युत् प्राधिकरणले बनाउने सब–स्टेसन पनि रहने गरी उक्त परिमाणको जग्गा अधिग्रहण गरिएको समितिले जनाएको छ ।

समितिका अनुसार त्यहाँका १०२ घरपरिवारका १९५ कित्ता जग्गा अधिग्रहणमा परेका थिए । ती जग्गा एवम् ती जग्गामा रहेका संरचनाको अधिग्रहणबापत मुआब्जा रकम नेपालको विद्यमान कानुन र अन्तरराष्ट्रिय वातावरणीय निर्देशिका एवम् मापदण्ड अनुसार भुक्तानी गरिएको थियो । 

समितिले भनेको छ 'उक्त सब–स्टेसन निर्माणसम्बन्धी सम्पूर्ण कार्य सञ्चालन नेपाल सरकारले गठन गरेको एमसिए–नेपाल विकास समितिले गर्दछ । नेपालको विकास समिति ऐन, २०१३ ले दिएको अधिकार अनुसार आयोजनाका लागि आवश्यक सम्पूर्ण चल अचल सम्पत्ति एमसिए–नेपाल विकास समितिले खरिद गर्छ र ती सम्पत्ति एमसिए–नेपालको नाममा मात्र दत्र्ता हुन्छन् । यस अनुदान अन्तर्गत खरिद गरिने कुनै पनि चल वा अचल सम्पत्ति दातृ निकाय एमसीसीको नाममा नरहने र सम्झौता अनुरूप राख्न नमिल्ने जानकारी पनि दिन चाहन्छौँ । '

अधिग्रहण गरिएका जग्गा हाल नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको एमसिए–नेपाल विकास समितिको नाममा रही निर्माण सम्पन्न भएपछि उक्त विकास समिति विघटन गरिएपश्चात् उक्त सब–स्टेशन, त्यहाँ निर्माण गरिएका अन्य संरचना र जग्गाको पूर्ण स्वामित्व नेपाल सरकारको निर्णय बमोजिम नेपाल विद्युत् प्राधिकरण वा नेपाल सरकारले तोकेको सरकारी निकायलाई हस्तान्तरण गरिने समितिले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved