क्षेत्रपाटी निःशुलक चिकित्सालयको अत्याधुनिक भवन बन्ने, मेयर शाक्यले गरे सिलान्यास

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 09, 2021 | 04:22:30 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौंको क्षत्रपाटीमा रहेको क्षत्रपाटी निःशुल्क चिकित्सालयले ३५ करोड रुपैयाँको लागतमा ८ तल्ले अत्याधुनिक नयाँ भवन बनाउने भएको छ । काठमाडौं महानगरपालिका वडा नं १७ मा रहेको सो अस्पतालले हाल सञ्चालनमा रहेको अस्पतालसँगैको जग्गामा अत्याधुनिक भवन बनाउन लागेको हो । 

अस्पतालका संस्थापकको नाममा ‘माउ बद्रि’ भवन निर्मार्ण गर्न लागेको हो । काठमाडौं महानगरपालिका मेयर विद्या सुन्दर शाक्य तथा उपमेयर हरिप्रभा खड्गी (श्रेष्ठ) ले संयुक्त रुपमा आज उक्त भवनको सिलान्यास गरेका छन् । 

सिलान्यास कार्यक्रममा मेयर शाक्यले क्षत्रपाटी निःशुल्क चिकित्सालय नयाँ युगमा प्रवेश गरेको बताउँदै रकम अभावका कारण भवन निर्माण सम्बन्धी कार्य नरोकिने प्रतिबद्धता व्यक्त गरे । 

उपमेयर खड्गीले क्षत्रपाटी निःशुल्क चिकित्सालयले काठमाडौं भित्रका कोर सिटीका जनताको सेवामा कुनै कसर बाँकी नराखेको बताईन् । 

कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं १७ का वडा अध्यक्ष नविन मानन्धरले क्षत्रपाटी निःशुल्क चिकित्सालयको संस्थागत र संगठित रुपमा विकास गरेर अघि बढ्नुपर्ने बताए । वडा अध्यक्ष मानन्धरले कोरोना महामारीमा अस्पतालले बिरामीहरुको निःशुल्क उपचार गरेको स्मरण गराउँदै २०१५ सालदेखि उक्त अस्पतालले जनताको सेवामा समर्पित भएर काम गर्दै आएको बताए । 

काठमाडौंमा अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष डा. मनोजमान श्रेष्ठले दाताहरुकै सहयोगमा अस्पतालले अत्याधुनिक विशाल भवन निर्माण गर्ने सपना देखेको बताउँदै सबैलाई सहयोग गर्न आह्वान गरेका छन् । 

काठमाडौं महानगरपालिकाले उपलब्ध गराएको ५ करोड तथा अन्य दाताहरुले उपलब्ध गराएको थप १ करोड ५० लाख रुपैयाँमा भवन निर्माण सुरु गरिएको अस्पताल दाताहरुबाट संकलित सहयोग रकमबाट निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको व्यवस्थापन समितिका अध्यक्ष डा. मनोजमान श्रेष्ठले बताए । 

क्षत्रपाटी निःशुल्क चिकित्सालय २०१३ साल माघ २३ गते १० रुपैयाँको कूल पुँजिबाट सुरु भएको नेपालको पुरानो सामुदायिक स्वास्थ्य संस्था हो । तत्कालिन सञ्चार, यातायात तथा नहर मन्त्री गणेश मान सिंहले २०१६ साल माघ २३ गते श्रीपञ्चमीका दिनमा भवन सिलान्यास गरेर भौतिक पूर्वाधारमा अघि बढेको अस्पतालले हाल दुई वटा अत्याधुनिक भवनमा सम्पूर्ण स्वास्थ्य सेवा प्रवाह गर्दै आइरहेको छ । 

हुनेसँग शुल्क लिने र नहुनेसँग शुल्क नलिई सेवा गर्ने नीति लिएको क्षत्रपाटी निःशुल्क चिकित्सालयमा मुटु सम्बन्धी अत्याधुनिक उपचार सेवा उपलब्ध छ भने दैनिक १०० सिलिण्डर अक्सिजन उत्पादन गर्ने प्लान्ट सहित अत्याधुनिक भेन्टिलेटर सुविधा समेत रहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved