यी हुन् अर्थमन्त्री शर्माले रोकेका १४ सय सडक आयोजना (नाम र बजेटसहित)

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 17, 2021 | 02:00:48 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री जनार्दन शर्माले १४ सय बढी सडक आयोजना एकैपटक रोकिदिए । बजेट अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउँदै अर्थमन्त्री शर्माले १४ सय बढी सडक आयोजना बनाउन रोक्ने निर्णय गरे ।

‘समृद्ध नेपाल निर्माणको आधारको रूपमा रहेको सडक निर्माणलाई योजनावद्ध रूपमा कार्यान्वयन गर्न सडक सञ्जालको नक्साङ्कन तयार गरी संघ, प्रदेश र स्थानीय तहको प्रष्ट क्षेत्राधिकार तोकी सडक निर्माण गर्ने नीति लिइने छ’ अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयकमा भनेका छन्, ‘आर्थिक प्राविधिक दृष्टिकोणबाट अध्ययन नभएका र पूर्व तयारी नभएका प्रदेश तथा स्थानीय तहबाट कार्यान्वयन गर्न सकिने प्रकृतिका करिब १४ सय सडक आयोजना आवश्यकता र औचित्यको आधारमा खारेजी वा प्रदेश तथा स्थानीय तहमा हस्तान्तरण गर्ने गरी हाल त्यस्ता आयोजनाको कार्यान्वयन स्थगित गरिएको छ ।’

केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले यी सडक आयोजनाहरुका लागि ३ अर्ब ४९ करोड ७० लाख रुपैयाँ बजेट छुट्याएको थियो ।

तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले ७९३ वटा सडकका लागि सडक पूर्वाधार विकास कार्यक्रममार्फत १ अर्ब ९४ करोड ७४ लाख रुपैयाँ बजेट विनियोजन गरेका थिए । ६१७ वटा सडक बन्ने गरी तराई मधेश सडक पूर्वाधार विशेष कार्यक्रमका लागि १ अर्ब ५४ करोड ९६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

तर, अर्थमन्त्री शर्माले यी सडक आयोजना रोक्का गरिदिएका हुन् ।

सूचीः


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved