महासंघको पहलमा निर्माण क्षेत्रको बीमा सम्बन्धी समस्या समाधान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 24, 2021 | 05:06:23 PM मा प्रकाशित

laxmi  sunrise bank

कोभिड–१९ लगायत विभिन्न कारणले काम हुन नसकेका आयोजनाहरूको म्याद थपको लागि मन्त्रिपरिषद् निर्णयानुसार खरिद सम्झौताको म्याद थप गर्दा आवश्यक पर्ने पुर्नबिमाका लागि बीमा कम्पनीहरूले बीमा नवीकरण गर्दा तोकिएको भन्दा बढी रकम (एक्सेस भ्यालु) लिईएको समस्या नेपाल निर्माण व्यवसायी महासंघको पहलमा सरोकारवालाबीच भएको छलफलपछि समाधान भएको छ । 

महासंघका पदाधिकारी, बीमा समितिका पदाधिकारी र नेपाल बीमक संघका पदाधिकारीबीच भएको छलफलमा निर्माण सम्पन्न नभएका र नेपाल सरकारबाट म्याद थप भएका आयोजनाहरूको हकमा थप भएको समयावधिका लागि नेपाल बीमक संघ र महासंघबीच आपसमा समन्वय गरी एक्सेस भ्यालुकै सेवा सर्त तोकी उपयुक्त दररेटमा बीमा गर्ने गराउने सहमति भएको हो । 

यसैबीच कुनै पनि निर्माण कार्यको त्रुटी सच्याउने अवधिको बिमा, म्याद थप गर्दा गरिने बिमा लगायतका समस्या सम्बन्धमा नेपाल सरकारका सरोकारवाला निकायहरूसँग बिमा समितिले निकट भविष्यमा अन्तरक्रिया गरी समस्या समाधान गर्ने निर्णय भएको महासंघका महासचिव रोशन दाहालद्वारा शुक्रबर जारी विज्ञप्तिमा उल्लेख छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved