निलबाराहीमा सीई ग्रुपको हाउजिङ र अपार्टमेन्ट, एउटा घरको मूल्य कति ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 01, 2021 | 03:33:58 PM मा प्रकाशित

laxmi  sunrise bank

सीई ग्रुपले भक्तपुरको निलबाराहीमा हाउजिङ र अपार्टमेन्ट बनाउन सुरु गरेको छ । हाउजिङ भित्रका घरहरुको बुकिङ पनि सुरु भईसकेको छ । 

५५ रोपनी जग्गामा बन्ने परियोजनामा ३ अर्ब ५० करोड रुपैयाँ लगानीको अनुमान गरिएको छ । ४८ रोपनी जमिनमा ‘सिंगल स्ट्यान्ड बिल्डिङ र ७ रोपनी क्षेत्रफलमा अपार्टमेन्ट निर्माण हुने ग्रुपले जनाएको छ । 

घरहरु कति जग्गामा बन्नेछन् ?

परियोजनाभित्र ९९ वटा सिंगल घर बन्ने छन् । अपार्टमेन्टमा १ सय बढी युनिट बनाईनेछ । ५ प्रकारका डिजाइनमा बन्ने घरहरु साढे दुई तलाका हुनेछन् । 

३ आनादेखि ११ आनासम्म क्षेत्रफलमा फैलिएका घरहरु १५४० स्क्‍वायरफिटदेखि २८ सय वर्गफीटसम्मका हुने कम्पनीले जनाएको छ ।

३ वर्षभित्र घरहरु बनाएर बुकिङ गरेरका व्यक्तिहरुलाई हस्तान्तरण गरिसक्ने लक्ष्य सीईले लिएको छ । 

विशेषता

परियोजनाभित्र पर्याप्त खुला ठाउँ रहने छ । ८ मिटर सम्मको चौडा सडक, पर्याप्त हरियाली क्षेत्र, हेल्थ क्लब लगायतका सुविधाहरु परियोजनाभित्र रहने छन् ।

निर्माण सुरु भएको हाउजिङ परियोजना भक्तपुरको बोडेबाट १.५ किलोमिटर दुरीमा पर्छ । 

मूल्य कति ?

सीई ग्रुपका अध्यक्ष बिजयराज भण्डारीले मध्यम वर्गका व्यक्तिहरुका लागि तार्गेट गरेर यो परियोजना निर्माण थालिएको बताएका छन् ।

निलबाराही हाउजिङभित्र बन्ने एउटा घरको मूल्य १ करोड ७५ लाख रुपैयाँदेखि सुरु छ । अधिकतम् ४ करोड ३७ लाख रुपैयाँसम्मका घरहरु बन्ने सीई ग्रुपले जनाएको छ । हाउजिङका अधिकांश घरहरु बुकिङ भइसकेका छन् ।

अपार्टमेन्टको बुकिङ भने खुलाई सकिएको छैन । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved