हाउजिङभित्र बनेको साढे २ तले घरको मूल्य कति पर्छ ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 04, 2021 | 04:43:08 PM मा प्रकाशित

laxmi  sunrise bank

अहिले हाउजिङ डेभलपर्स कम्पनीहरु सामूहिक आवास परियोजना बनाउने होडमा लागिपरेका छन् । यद्यपी, मानिसहरुको आकर्षणको तुलनामा भने हाउजिङ परियोजनाहरु आउन सकेका छैनन् । जति आएका छन्, ती पनि औपचारिक बुकिङ खुल्नु अगावै बिक्रि भईसक्छन् ।

यसको मतलब हाउजिङ परियोजनाभित्र बनेका घरमा मानिसहरु बस्न रुचाउँछन् भन्ने हो । तर, जग्गाको भाउ अत्याधिक बढेका कारण आवास विकासकर्ता कम्पनीहरुले हाउजिङ बनाउन आँट गरिहाल्ने अवस्था छैन ।

बन्दै गरेका हाउजिङ परियोजनामा दशैँको अवसरमा बुकिङ गर्न भने सकिने अवस्था छ । अधिकांश साढे २ तलाका घरहरु मध्यम वर्गले खरिद गर्न सक्ने गरी नै मूल्य तोकिएका हुन्छन् ।

कहाँ कहाँ बन्दैछन् हाउजिङ ?

काठमाडौँभित्र सीई, सीजी, डाउनटाउन, पद्मा कोलोनीले हाउजिङ परियोजना बनाउँदै छन् । काठमाडौँबाहिर इटहरी, बिराटनगर, काभ्रे, बुटवल, भैरहवा, पोखरालगायत ठाउँमा हाउजिङको माग राम्रो छ । 

काठमाडौँभित्र क्लासिक रेसिडेन्सी (धापाखेल), सीजी लेक भ्यू (धापाखेल), पद्मा कोलोनी (टौखेल), निलबाराही होम्स (निलबराही, भक्तपुर) हाउजिङ परियोजना हुन् ।

क्लासिक रेसिडेन्सी

क्लासिक डेभलपर्सले धापाखेलमा बनाउन लागेको हाउजिङ परियोजना हो ‘क्लासिक रेसिडेन्सी’ । यो परियोजनाभित्र ८४ वटा घरहरु बन्ने छन् । 

कर्मनासा करिडोरमा ३५ रोपनी जग्गामा बन्ने परियोजनामा न्युनतम् ४ देखि अधिकतम् ६ आनाको प्लटमा घरहरु बन्नेछन् । परियोजनामा एउटा घरको मूल्य ३ करोड ८० लाखबाट सुरु छ । यो परियोजना भित्रका घरहरुको महँगो हुनुका कारण यो परियोजना उच्च वर्गलाई लक्षित गरि बनाउन लागिएको हो ।

सन् २०२२ को अन्त्यसम्म घर बनाईसकेर बुकिङ गरेका व्यक्तिहरुलाई हस्तान्तरण गर्ने लक्ष्य क्लासिक डेभलपर्सको छ । 

सीजी लेक भ्यू

सिजी होल्डिङ्स अन्तर्गतको सिजी प्रोपर्टीजले धापाखोलमा नै ‘सिजी लेक भ्यू’ नामक हाउजिङ परियोजना बनाउँदै छ । पहिलो चरणमा ४८ रोपनी ११ आना जग्गामा ८७ युनिट घरहरु बन्ने छन् । ‘प्रिमियम क्लास’को यो परियोजनाभित्र न्यूनतम् ४ देखि १३ आनासम्म जग्गामा बनेका छन् ।

४ आनामा बन्ने घरहरु २५ सय स्क्वायर फिट र १३ आनामा बन्ने घरहरु ३५ सय स्क्वायर फिटका हुनेछन् । 

यो हाउजिङ परियोजनाभित्र बन्ने घरको मूल्य न्यूनतम् ३ करोड ८० लाखदेखि ७ करोड रुपैयाँसम्म पर्ने अनुमान छ । 

पद्मा कोलोनी

नागार्जुन नगरपालिका टौखेलमा पद्मा कोलोनीले बनाउन सुरु गरेको हाउजिङ परियोजना भित्र बन्ने घरको बुकिङ खुला गरेको छ । ३ आनादेखि ५ आना जग्गामा बन्ने हरेक घरहरु साढे २ तलाका हुनेछन् । 

घरहरुको मूल्य २ करोडदेखि ३ करोड ५० लाख रुपैयाँसम्म छ । ३ वटा बेडरुम, लिभिङ रुम, किचन र ४ वटा बेडरुम, लिभिङ रुम, किचन सहितका २ प्रकारका घर बन्ने परियोजनाले जनाएको छ । 

निलबाराही होम्स 

सीइ ग्रुपले भक्तपुरको निलबाराीमा अपार्टमेन्ट सहितको हाउजिङ परियोजना बनाउँदैछ । ५५ रोपनी क्षेत्रफलमा बनाउन सुरु गरिएको यो परियोजनामा कम्पनीले ३.५० अर्ब रुपैयाँ लगानी गर्दैछ ।

यो परियोजनाभित्र ३ आनादेखि ११ आना सम्ममा बन्ने घर २.५ तले हुनेछन् । एउटा घरको मूल्य १ करोड ७५ लाखदेखि ४ करोड ३७ लाख पर्ने भनिएको छ । 

परियोजनाभित्र ९९ घर बन्ने छन् । १०० बढी युनिट अपार्टमेन्ट पनि बन्ने छन् । 

बोधि होम्स 

काठमाडौँ उपत्यका बाहिर भैरहवामा बोधिहोम्स हाउजिङ परियोजना बन्दैछ । १४ बिघा जग्गामा बन्ने परियोजनाभित्र ३ सय घरहरु हुनेछन् ।

४ बीएचके घरको मूल्य १ करोड ७० लाख रुपैयाँ र ५ बीएचके घरको २ करोड मूल्य तोकिएको छ । घरहरु १३ धुरदेखि १८ धुर क्षेत्रफलमा बन्ने छन् । 

पहिलो चरणमा १०५ र दोस्रो चरणमा १९५ घर बनाईनेछ ।

तिलोत्तमा होम्स

रुपन्देहीको तिलोत्तमास्थित भलवारीमा लुम्बिनी अष्टदीप मल्टिनेशनल कम्पनीले तिलोत्तमा होम्स हाउजिङ परियोजना बनाउन्दै छ ।

बुटवल–भैरहवा सडकबाट जम्मा १.५ किलोमिटर मात्रै टाढा रहेको यो परियोजनामा २ अर्ब लगानी गरेर १०९ वटा घर बनाईनेछ । 

१० धुर र १५ धुरमा २ प्रकारका घरहरु बन्ने क्रम सुरु भईसकेको छ । १० धुरमा बनेको घरको मूल्य १ करोड ७५ लाख र १५ धुरमा बन्ने घरको मूल्य २ करोड ५० लाख तोकिएको छ । 

सिजी भिलेज

चौधरी ग्रुपको सिजी प्रोपर्टीजले काभ्रेको पनौतीमा २.५० अर्ब लगानीमा सीजी भिलेज हाउजिङ परियोजना बनाउँदैछ । कम्पनीले ११५ रोपनी क्षेत्रफलमा २२० घर बन्नेछन् ।

कम्पनीले एउटा घरको मूल्य १ करोड ७३ लाखदेखि १ करोड ८७ लाखसम्म तोकेको छ । ४ आनादेखि १४ आनासम्म क्षेत्रफल ओगटेर बन्ने घरमा ४ वटा बेडरुम, एउटा हल र किचन हुनेछन् । 

सीई कोलोनी

सीइ ग्रुपले विराटनगरको शनिहाटमा सीई कोलोनी बनाउँदै छ । २७ वटा सुविधा सम्पन्न घरहरु बन्ने  परियोजनाभित्र ४ आना २ पैसामा २.५ तलाका घरहरु बन्नेछन् । 

एउटा घरको मूल्य २ करोडबाट सुरु हुने बताइएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved