७३ करोडमा अनामनगरमा बन्यो ‘अडिट भवन’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 28, 2021 | 01:53:41 PM मा प्रकाशित

laxmi  sunrise bank

अनामनगरमा भव्य ‘अडिट भवन’ बनेको छ । महालेखा परीक्षकको कार्यालयको नवनिर्मित उक्त अडिट भवन राष्‍ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरिसकेकी छिन् ।

७३ करोड ९ लाख खर्च गरेर बनाईएको यो भवनको अनुमानित लागत ८३ करोड १८ लाख रहेको थियो । तर, अनुमान गरिएभन्दा कम लागतमै भवन निर्माणको काम सकिएको हो ।

परम्परागत र आधुनिक शैलीको मिश्रण गरेर बनाईएको यो भवन लुम्बिनी/गौरी पार्वती/शान्ति जेभीले बनाएको हो । यसको ९ तलामध्ये २ तलामा अन्डरग्राउन्ड पार्किङ रहेको छ । 

भूइँ तलामा रिसेप्सन, भण्डार कक्ष, पुस्तकालय, चमेना गृह तथा अभिलेख व्यवस्थापन कक्ष छ भने पहिलो तलादेखि छैठौं तलासम्म ५ सय कर्मचारीका लागि कार्यालय राखिएको छ । सातौं तलामा २ सय जना क्षमताको सभाकक्ष बनाइएको छ । 

२०१६ सालमा स्थापना भएको महालेखा परीक्षकको कार्यालय स्थापनकालदेखि बबरमहलमा सञ्‍चालन हुँदै आएको थियो । तर, बबरमहलको भवनमा २०७२ सालको भूकम्पले क्षति गरेपछि कार्यालय सञ्‍चालन हुन सकेको थिएन । 

राष्‍ट्रपतिले २०७४ मंसिर १८ गते शिलान्यास गरेको महालेखाको नयाँ भवन २०७८ कात्तिकमा निर्माण सकेर राष्ट्रपतिले उद्घाटन गरेकी हुन् । महालेखाको नयाँ भवन नै ‘अडिट भवन’ हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved