काठमाडौँका मेयरले भने, ‘उपत्यका विकास प्राधिकरण खारेज गरौँ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 12, 2021 | 12:32:05 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँ उपत्यका विकास प्राधिकरण खारेज हुनुपर्ने दोहोर्याएका छन् । उनले प्राधिकरणले सबै कामको जिम्मा आफूले लिनु उचित नहुने भन्दै खारेजीको माग यथावत रहेको बताएका हुन् । 

२७ औँ काठमाडौँ महानगर दिवसको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उनले स्थानीय तहले गर्ने प्रकृतिकै काम प्राधिकरणले नगर्दा हुन्छ भन्ने माग केवल काठमाडौँ महानगरको मात्रै नभई उपत्यका मेयर फोरमको भएको बताएका हुन् । 

‘उपत्यका विकास प्राधिकरण आफैँ कार्यकारी निकाय हो, उसको काम भनेको नीति बनाउने हो,’ मेयरश शाक्यले भने, ‘स्थानीय निर्माणका सबै काम स्थानीय तहले गर्ने हो, यो अधिकार स्थानीय तहमा आएपछि यस्तै प्रकृतिको काम प्राधिकरणले नगरे हुन्छ भनेर उपत्यकाका सबै नगरका मेयरहरुको फोरमले त्यसको खारेजीको माग गरेको हो । अहिले पनि त्यो माग यथावत छ ।’ 

यस विषयमा तालुक मन्त्रालयमा विज्ञप्ति पनि बुझाईसकिएको स्मरण गरे ।

मेयर शाक्यले संघीय र प्रदेश सांसदहरुलाई सकेसम्म एकिकृत योजनासहित ठूला–ठूला योजनाका काम गर्न आग्रह गर्दै महानगरपालिकाले गर्ने काममा बजेट खर्च नगर्न सुझाव दिए । 

‘माननीयज्युहरुको पनि बाध्यता छ । आफूलाई जिताएर पठाएका मतदाताको माग अनुसार र आफ्नो उपस्थिति देखाउन पनि ढल राख्ने, ब्लक छाप्ने जस्ता काम गर्नुपरेको छ,’ उनले भने, ‘सकेसम्म उहाँहरुले संसदकोषको बजेटबाट मिलेर ठूला–ठूला योजनाका काम गरिदिनुहोस् भन्ने छ । हामीले जुन काम गर्न बजेट विनियोजन गरेका छौँ । त्यही काम उहाँहरुले गर्दा खर्च बढ्ने र कामको डुब्लीकेशन हुनेभयो ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved