४० करोड खर्चेर बालुवाटारमा बनाईयो बंकरसहितको प्रधानमन्त्री निवास

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 14, 2021 | 02:09:46 PM मा प्रकाशित

laxmi  sunrise bank

बालुवाटारमा सुविधा सम्पन्न प्रधानमन्त्री निवास तयार भएको छ । ४० करोड रुपैयाँ लागतमा बनेको नयाँ भवनमा सोमबार बास्तु पूजा पनि सकिएको छ । 

अत्याधुनिक उक्त भवनमा बंकर सहितको सुरक्षा व्यवस्था गरिएको छ । नेपाली संस्कृति र परम्परागत शैलीमा बनाइएको उक्त भवनमा प्रधानमन्त्री भने कहिले सर्ने हुन् यकिन भईसकेको छैन । यो भवन निर्माणको काम तत्कालिन केपी ओली नेतृत्वको सरकारले सुरु गरेको थियो । 

२ आलिसान भवनमध्ये एउटा प्रधानमन्त्रीको निजी निवास र अर्को भने सार्वजनिक प्रयोग गरिनेछ । पुरानो भवन साँघुरो भएपछि भत्काएर ३–३ तलाका २ वटा नयाँ भवन बनाईएको हो ।

प्रधानमन्त्री निवासका लागि बनेको भवन १ रोपनी क्षेत्रफलमा फैलिएको छ । सार्वजनिक प्रयोगमा आउने अर्को भवन २ रोपनी क्षेत्रफलमा फैलिएको छ । प्रधानमन्त्रीको निवासका लागि बनाईएको भवनको निर्माणको काम सकिएपनि सार्वजनिक प्रयोग गरिने भवनको निर्माणको काम भने अझै जारी छ ।

प्रधानमन्त्रीको निजी निवासका लागि तयार भएको भवनको भुइँ तलामा गेस्टरुम, लिभिङ रुम, किचेन–डाइनिङ, लन्ड्री सुरक्षा गार्डका कक्ष छन् । पहिलो तलामा लबी मास्टर बेडरुम, परिवारिक बेडरुम, फेमिली रुम, अध्ययन कक्ष, पूजाकोठा, होम थिएटर, जीम हल रहेका छन् । 

दोस्रो तालामा पाहुनाका लागि तीनवटा बेडरुम, सहयोगी र सुरक्षाकर्मी बस्ने कोठा, भान्छा, लबी, बाल्कोनी रहेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved