१ अर्ब लगानीमा बानेश्वरमा १० तल्लाको ‘गोल्यान टावर’, के के छन् विशेष सुविधा ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 20, 2021 | 11:17:09 AM मा प्रकाशित

laxmi  sunrise bank

गोल्यान समूहले पूरानो बानेश्वरमा १० तल्लाको ‘गोल्यान टावर’ बनाउँदैछ । ‘कर्पोरेट अफिस’हरुलाई भाडामा लगाउने योजनाका साथ गोल्यान ग्रुपले पुरानो बानेश्‍वर हाइटमा गोल्यान टावर नाम दिएर कर्पोरेट टावर निर्माणको काम सुरु गरेको हो ।

१ अर्ब लगानीमा निर्माण भइरहेको गोल्यान टावरको भौतिक स्ट्रक्चर करिब करिब सकिएको छ । टावरले आकार लिईसकेको छ । २.५ रोपनी क्षेत्रफलमा बनिरहेको १० तल्ले टावरमा २ तल्ला भने बेसमेन्ट पार्किङका लागि छुट्याईएको छ ।

सन् २०२२ को जुनसम्म सञ्‍चालनमा आईसक्ने दाबी गरिएको यो टावरलाई रियलस्टेट पायोनियर गोल्यान समूहले ‘फ्ल्यागशिप कमर्शियल बिल्डिङ’का रुपमा अघि सारेको छ । 

अफिस राख्ने ठाउँको अभाव पुर्तिको प्रयास

काठमाडौँमा ठूला कर्पोरेट हाउसहरुले आफ्ना प्रोडक्टै पिच्छे कार्यालय राख्न ठाउँको अभाव छ । एउटा कर्पोरेट हाउसका धेरै उत्पादन हुने भएपनि सबैले छुट्टाछुट्टै कार्यालय राख्न ठाउँको अभाव भएपछि गोल्यान ग्रुपले एउटै भवनमा धेरै अफिस राख्न सकिने गरी सुविधा सम्पन्‍न टावर निर्माण थालेको हो ।

टापरमा कम्तिमा २० वटा ठूला अफिसहरु राख्‍न सकिनेछ । टावरका फ्ल्याटहरु बिक्री गरिने नभई अवधि तोकेर भाडामा लगाईनेछ । टावरमा पार्किङसहित रेष्टुरेन्ट सर्भिस पनि उपलब्ध हुनेछन् ।

गोल्यान ग्रुपको कर्पोरेट अफिस पनि सर्दै

गोल्यान ग्रुपका निर्देशक अक्षय गोल्यानका अनुसार टावरका माथिल्ला ३ तलामा गोल्यान ग्रुपकै कम्पनीका अफिसहरु रहनेछन् । गोल्यान समूहको मुख्यालय नै अब त्यही टावरमा बस्नेछ । 

हाल ताहाचलको अपार्टमेन्टमा रहेको गोल्यान समूहको कर्पोरेट अफिस अब निर्माण सकिएपछि त्यही टावरमा सर्नेछ । ताहाचलको ठाउँ साँघुरो र सहरभन्दा बाहिर भएकोले गोल्यान समूहले कर्पोरेट अफिस बानेश्‍वर सार्न लागेको हो । 

गोल्यान समूहले रियलस्टेट, हस्पिटालिटी, बैंक, कृषि लगायतमा लगानी गरेको छ । करिब १ महिना अगाडी ताहाचलमै गोल्यान समूहले होटल ह्यात प्यालेस पनि सञ्चालनमा ल्याएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved