सकियो पुनर्निर्माण प्राधिकरणको अस्तित्वः ६ वर्षमा ४ खर्ब खर्च, के के गर्‍यो काम ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 24, 2021 | 01:42:35 PM मा प्रकाशित

laxmi  sunrise bank
आज शुक्रबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अन्तिम दिन । २०७२ साल वैशाख १२ गतेको गोरखा भूकम्पले भत्काएका भौतिक संरचना पुनर्निर्माण गर्न सोही वर्षको पौष १० गते गठन भएको पुनर्निर्माण प्राधिकरण आजबाट विघटन हुँदैछ ।
भूकम्प र त्यसपछि आएका पराकम्पका कारण भएको भौतिक क्षतिलाई बलियो गरी पूरानै अवस्थामा फर्काउने जिम्मा पाएको प्राधिकरणको अस्तित्व आजबाट सकिन लागेको हो ।
मानवीय क्षतिको अलवा भूकम्प र पराकम्पका कारण ८ लाख बढी निजी आवास, ७ हजार ७५३ शिक्षण संस्था, १ हजार १९७ स्वास्थ्य संस्था र ९२० वटा सांस्कृतिक सम्पदा र ४१५ सार्वजनिक भवन क्षतिग्रस्त बने । 
प्राधिकरणले के के गर्यो ?
सुरुको तथ्यांक हेर्दा भूकम्पका कारण ७ खर्ब ६ अर्ब बराबरको क्षति भएको तथ्यांक थियो । 
निजी आवास निर्माणका लागि प्राधिकरणले ८ लाख २९ हजार ६६७ अनुदान सम्झौता गरेको थियो । त्यसमध्ये ७ लाख ३ हजार ३०७ वटा घरको लागि तेस्रो तथा अन्तिम किस्ता वितरण भइसकेको छ । 
७ लाख ५० हजार ४५९ घरका लागि दोस्रो किस्ता वितरण गरिएको छ । ८ लाख २९ हजार ६६७ अनुदान सम्झौतामध्ये ८ लाख २८ हजार ७६३ जनाले पहिलो किस्ता बुझिसकेका छन् । 
६ लाख १५ हजार ४९३ वटा निजी आवासको पुनर्निर्माण सकिएको छ । १ लाख ४३ हजार ३ सय निजी आवास निर्माणाधीन छन् । 
प्राधिकरणले भूकम्पले क्षति गरेका ७ हजार ५५३ वटा शैक्षिक संस्था निर्माण गर्ने लक्ष्य राखेकोमा हालसम्म ६ हजार ६६७ शैक्षिक संस्थाको पुनर्निर्माण सकिएको छ । ९०६ वटाको निर्माण कार्य जारी छ ।
त्यस्तै पुनःनिर्माण गनुर्ने १ हजार १९७ स्वास्थ्य संस्थामध्ये ७५१ वटाको काम सम्पन्न भएको छ भने ३५४ वटा बनिरहेका छन् । ९२० वटा सांस्कृतिक सम्पदा पुनर्निर्माण गर्नुपर्नेमा हालसम्म ६०६ वटा बनेका छन् भने ३१४ सांस्कृतिक सम्पदा पुनर्निर्माणकै क्रममा छन् ।
४१५ सरकारी भवन पुनर्निर्माण गर्नुपर्नेमा ३८८ वटाको काम पूर्ण रुपमा सकिएको छ भने २० वटा निर्माणाधिन छन् । 
सुरक्षा निकायका २१६ वटा भवनको पुनर्निर्माण सकिएको छ ।
करिब ४ खर्ब खर्च
प्राधिकरणले ६ वर्षको अवधिमा करिब ४ खर्ब खर्च गरेको छ । दातृ निकायले दिएको सहयोग र सरकारले दिएको बजेटमार्फत गरी आर्थिक वर्ष २०७७/०७८ सम्म कुल ३ खर्ब ८१ अर्ब ८३ करोड १८ लाख ४३ हजार ८८ रूपैयाँ खर्च भएको प्राधिकरणले जनाएको छ । 
चालु आर्थिक वर्ष २०७८/०७९ को हालसम्म भएको खर्चको विवरण भने आउन बाँकी छ । चालू आर्थिक वर्ष २०७८/०७९ मा पुनर्निर्माणको कामका लागि ३ करोड ७४ लाख २ हजार बजेट छुट्याएको छ ।
खर्चमध्ये २ खर्ब ३९ अर्ब ५४ करोड ९४ लाख ७० हजार २७६ रुपैयाँ सरकारको आन्तरिक स्रोतबाट भएको छ भने १ खर्ब ४२ अर्ब २८ करोड २० लाख १६ हजार १०२ रूपैयाँ दातृ निकायबाट आएको सहयोग खर्च भएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved