एक्सेल डेभलपमेन्ट बैंकको बाेलपत्र भोलि मंगलबार खाेलिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 27, 2021 | 01:00:23 PM मा प्रकाशित

laxmi  sunrise bank

एक्सेल डेभलपमेन्ट बैंकले अवितरित हकप्रद सेयरमा प्राप्त बाेलपत्रहरू पाैष १३ गते मंगलबार खोल्ने भएकाे छ । मंसिर २९ गते बुधबारबाट पाैष ७ गते बुधबारसम्म लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे उक्त बाेलपत्रहरू भाेलि मंगलबार खाेलिने भएकाे हो ।

उक्त बाेलपत्रहरू मंगलबार दिउँसाे १ बजे निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडकाे कार्यालय, लाजिम्पाट, काठमाडाैँमा खाेलिने क्यापिटलले एक सूचना मार्फत् जानकारी दिएकाे छ । 

बैंकले सर्वसाधारण समुहतर्फकाे २७ हजार २ सय ५७ कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे थियाे । बैंकको सेयर निष्कासन तथा बिक्री प्रबन्धककाे काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गरेकाे थियाे ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved