सार्न मिल्ने २ आकाशे पुलको शिलान्यास

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 23, 2022 | 12:57:29 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ महानगरपालिकाले सार्न मिल्ने खालका आकाशे पुल निर्माणको कामलाई प्राथमिकतामा राखेको छ । सोही अनुसार आज महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले २ वटा सार्न मिल्ने आकाशे पुलको एकैपटक शिलान्यास गरेका छन् । 

काठमाडौँ महानगरपालिका वडा–७ को चावहिल चोक र मित्रपार्कमा २ वटा पुलको प्रमुख शाक्यले एकै पटक शिलान्यास गरेका हुन् । चावहिल चोकमा ३३ मिटर लम्बाई र २ मिटर चौडाई तथा मित्रपार्कमा १६ मिटर लम्बाई र २ मिटर चौडाइको पुलको शिलान्यास गरिएको हो ।

शिलान्यास पछि प्रमुख शाक्यले महानगरपालिका क्षेत्रभित्र भिडभाड र दुर्घटना बढी हुने स्थानहरुमा आकाशे पुल निर्माणको अभियानलाई अघि बढाईएको जानकारी दिए । 

‘काठमाडौँ महानगरपालिका क्षेत्रभित्र ट्राफिक जामको समस्या धेरै छ । अझ चावहिल चोकका बाटो फराकिलो भए पनि अत्याधिक जाम हुने ठाउँ हो,’ उनले भने, ‘स्थानीयको माग अनुसार चावहिल चोकमा यस अघि पनि आकाशे पुल निर्माण सम्पन्न भएको छ । त्यो पुल निर्माणपछि अहिले फेरि चक्रपथ ओरोलोतिर थप एउटा पुलको माग भएपछि महानगरपालिकाले आज यो पुलको शिलान्यास गरेको हो ।’

‘चावहिल चोकमा मात्रै हामीले एउटा निर्माण सम्पन्न गरिसक्यौँ, थप एउटाको आज शिलान्यास गर्यौँ । मित्रपार्कमा पनि आजै एउटा आकाशेपुलको शिलान्यास गरेका छौँ,’उनले थपे, ‘जयवागेश्वरीको पुलको काम पनि अघि बढेको छ । यसरी हेर्दा यो क्षेत्रमा मात्रै हामीले चारओटा पुल निर्माण गर्दैछौँ ।’

चावहिल र मित्रपार्कमा बन्न लागेका २ पुलको लागत भ्याटसहित १ करोड ३० लाख ४२ हजार रहेको छ । 

काठमाडौँ महानगरपालिकाका इञ्जिनियर प्रेमकुमार श्रेष्ठका अनुसार अहिलेसम्म माइतीघर चोक, चावहिल चोक र डल्लुमा यस्ता खाले पुल निर्माण भएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved