काठमाडौँका ३६ ठाउँमा बहुतले पार्किङ बनाउन प्रस्ताव माग, के के चाहिन्छ कागजात ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2022 | 01:53:34 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँमा पार्किङको समस्या दीर्घ रोग जस्तै भईसक्यो । बेलाबेलामा काठमाडौँ महानगरपालिकाले ‘स्मार्ट पार्किङ’को हवला दिँदै लाइन लगाएर गाडी तथा मोटरसाइकल पार्किङको व्यवस्था गरेपनि यसले काठमाडौँको भद्रगोल पार्किङको समस्या समाधान गर्ने सम्भावना छैन ।

अहिले बहुतले पार्किङको विषय चर्कोसँग बहसमा छ । टंकाल नजिकैको भाटभटेनीमा बहुतले पार्किङ बनेको छ । प्राईभेट सेक्टरले अन्य स्थानमा पनि बहुतले पार्किङ निर्माणको काम थालेका छन् । 

नगर विकास कोष तात्यो

बहुतले मेकानिकल पार्किङ निर्माणका लागि अहिले नगर विकास कोष जुरमुराएको छ । कोषले १ वा २ स्थानमा होइन, ३६ स्थानमा बहुतले मेकानिकल पार्किङ निर्माणको लागि लगानी प्रस्ताव गरेको छ । 

कोषले शुक्रबार एक सूचना जारी गर्दै कम्तीमा ८ आनाभन्दा बढी क्षेत्रफल भएका जग्गामा बहुतले मेकानिकल पार्किङ निर्माण तथा संचालन गर्न इच्छुक स्थानीय तह, सरकारी तथा गैर सरकारी संस्थासँग प्रस्ताव माग गरेको छ ।

बहुतले मेकानिल पार्किङ निर्माण र सञ्चालनका लागि इच्छुकले माघ ७ गतेको मितिले १५ दिनभित्र प्रस्ताव पेश गर्नु पर्नेछ । 

कहाँ कहाँ बनाइँदैछ बहुतले पार्किङ

कोषले काठमाडौँ उपत्यकाका ३६ स्थानमा बहुतले मेकानिकल पार्किङ निर्माण गर्ने गरी सूचना निकालेको हो । 

कोषले जारी गरेको सूचनामा थापाथली, त्रिपुरेश्वर, कालिमाटी, टेकु, सोल्टीमोड, कंलकी, कुलेश्वर, बल्खु, नयाँ सडक (न्यू रोड), ठमेल, नयाँ बजार, पुतलीसडक, दरबारमार्ग, अनामनगर, बबरमहल, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, चाबहिल र मित्रपार्क सम्भाव्य स्थान तोकेको छ । 

प्रस्ताव पेश गर्दा के के चाहिन्छ ?

त्यस्तै, लैनचौर, लाजिम्पाट, महाराजगंज, बालुवाटार, विशालनगर, भाटभाटेनी, ज्ञानेश्वर, नक्साल, गैरीधारा, हाडिगाँउ, मीनभवन, कोटेश्वर, पुल्चोक, जावलाखेल, सातदोबाटो, कुपन्डोलमा यस्तो पार्किङ निर्माण तथा सञ्चालन गर्नेगरी प्रस्ताव पेश गर्नुपर्नेछ ।

प्रस्ताव पेश गर्दा यस्तो पार्किङ निर्माण हुने जग्गाको लालपुर्जाको प्रतिलिपि, नापी नक्साकोे सक्कल प्रति, प्रस्ताव पेश गर्ने संघ संस्थाको नवीकरण, संस्था दर्ता प्रमाणप्रत्रको प्रतिलिपि र संस्थाको आधिकारिक निर्णय आवश्यक पर्ने कोषले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved